हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
हामीले जबरजस्ती धर्म परिवर्तन गराएका छैनौँ: सिबी गहतराज

सारांश

  • पुष १०, काठमाण्डौ ।
  • नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले विश्वमा सबैभन्दा धेरै मानिसले मनाउने पर्व क्रिसमस भएको दावी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै गहतराजले प्रभु यसु ख्रिष्टको जन्मदिनका अवसरमा विश्वभरी नै शुभकामना आदानप्रदान भइरहेको बताए ।

पुष १०, काठमाण्डौ । नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले विश्वमा सबैभन्दा धेरै मानिसले मनाउने पर्व क्रिसमस भएको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै गहतराजले प्रभु यसु ख्रिष्टको जन्मदिनका अवसरमा विश्वभरी नै शुभकामना आदानप्रदान भइरहेको बताए ।

आफु अध्यक्ष रहेको महासंघ वाइवल धर्म शास्त्रले भनेका काम र कुरा मात्रै गर्ने गरेको उनले बताए । नेपालको संविधानविपरित धर्म प्रचार पनि नगरिएको उनको दावी छ ।

आफूहरुले सुसमाचार प्रचार गरेको ठोकुवा गर्दै गहतराजले धर्म प्रचार गर्यो भन्ने आरोप गलत भएको जिकिर गरे । वास्तविकता र हल्लामा धेरै अन्तर रहेको उनको तर्क थियो ।

कुनै पनि धर्मलाई पैसामा किन्न नसकिने उनको कथन छ । “वाइवलीय धर्मशास्त्रअनुसार कसैले जबरजस्ती धर्म परिवर्तन गराउन मिल्दैन । हामीले निमयविपरित धर्म परिवर्तन गराएको भए कारबाहीका लागि उजुरी गर्नुस् । हामी पनि कारबाही गर्छौँ ।” गहतराजले भने ।

केही दिनअघि काठमाण्डौमा सम्पन्न एसिया प्यासिफिक समिटमा कोही पनि क्रिष्चियनहरु नगएको गहतराजको दावी छ । “त्यो कार्यक्रम क्रिष्चियनले गरेको होइन । धर्म प्रचार पनि गरेको होइन । नेपालका ३० लाख क्रिष्चियनमध्ये कोही पनि त्यो कार्यक्रममा गएनन् । भ्रममा नपर्नुस् ।” उनले भने ।

क्रिष्चियनमाथि अनावश्यक आरोप लगाएर सामाजिक सद्भावमा नकारात्मक असर नपार्न उनले सबैलाई आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?