राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
राजधानीवासीलाई खुशीको खबर, दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउने समझदारी

सारांश

  • काठमाडौं, ११ असार ।
  • मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ ।
  • भूकम्प र नाकाबन्दीबाट हुनगएको क्षति उपलब्ध गराउनुपर्ने भन्दै निर्माण ठप्प पारेको सीएमसी र सरकारबीच गत शुक्रबार दशैंअघि नै काठमाडौंमा पानी ल्याउने समझदारी भएको हो ।

काठमाडौं, ११ असार । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएमसी दशैंअघि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ । भूकम्प र नाकाबन्दीबाट हुनगएको क्षति उपलब्ध गराउनुपर्ने भन्दै निर्माण ठप्प पारेको सीएमसी र सरकारबीच गत शुक्रबार दशैंअघि नै काठमाडौंमा पानी ल्याउने समझदारी भएको हो ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरका अनुसार मन्त्रालयको निरन्तरको प्रयासपछि मेलम्चीको खानेपानी दशैंअघि काठमाडौंमा ल्याउन कम्पनी सहमत भएको हो । कम्पनीसँगको पछिल्लो सहमतिबारे जानकारी दिन सोमबार मन्त्रालयका पत्रकार सम्मेलन गरी मन्त्री मगरले निर्माण कम्पनीले दशैंअघि नै काठमाडौंमा पानी आउने गरी आगामी असोज १४ गतेभित्र मेलम्चीको पानी सुन्दरीजलमा पठाउने सहमति गरिएको बताइन् ।

सहमतिअनुसार कम्पनीको म्याद २ सय १२ दिन थप गरिएको जानकारी दिँदै मन्त्री मगरले भनिन्, “थपिएको म्यादभित्र पनि मेलम्चीको पानी काठमाडौं ल्याउने काम नभए निर्माणको जिम्मेवारी पाएको सिएमसी कम्पनीमाथि कडा कारवाही गरिने छ ।” बहुप्रतिक्षित मेलम्चीको खानेपानीलाई तमासाको विषय बनाउन खोजिएको बताउँदै मन्त्री मगरले अब त्यसो हुन नदिने दृढता जनाइन् । उनले तोकिएको समयभित्र मेलम्ची खानेपानी काठमाडौं नआए सम्बन्धित निकायमाथि कडा कदम चाल्न बाध्य हुने स्पष्ट पारिन् ।

बागमतीको पानी उपत्यकावासीलाई उपलब्ध गराउन सुन्दरीजलमा प्लान्ट निर्माण कार्यलाई पनि सरकारले अन्तिम चरणमा पुराएको छ । मन्त्री मगरले दैनिक ४ हजार करोड लिटर पानी उपलब्ध गराउने गरी सुन्दरीजलमा प्लान्ट स्थापनाको कामलाई अन्तिम चरणमा पुराइएको जानकारी दिइन् । त्यसका लागि यही असार १५ गतेबाट फ्लसिङको काम सुरु गर्ने मन्त्रालयको योजना रहेको उनले बताइन् । उक्त काम सकिएपछि बागमतीको पानी पनि काठमाडौंमा वितरण हुने मन्त्री मगरले जानकारी दिइन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा २०५८ सालमा सुरु भएको सो आयोजना २०६५ सालभित्र सम्पन्न गरिसक्ने भनिए पनि त्यसो भएको थिएन । समयभित्र निर्माण कार्य सम्पन्न हुन नसक्दा यसको लागत बढेर ३५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Tek Rakash

    Good news

    Comment Author

    Sapkota Alex

    त केतिि को कुरा मात्रै हो

    Comment Author

    Krishna Ram Awal

    Kati choti sunne ho yo kura… dashain agadi naya barsa agadi…. lyaye pachi bhane huncha ni

      Comment Author

      Cold Play

      yo kura ta ma 3 ma school jada sunthye bro yestai ho aile samma ayeko chaina

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?