फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
३५ पटक हेरिएको
Shares
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते

सारांश

  • श्रावण ४, २०७४- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको छ ।
  • सो हमलामा उनका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् ।
  • उनलाई नै लक्ष्यगरी हमला भएको हो ।

श्रावण ४, २०७४- फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको छ । सो हमलामा उनका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् । उनलाई नै लक्ष्यगरी हमला भएको हो ।

तर सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उनी रहेकाले ठूलो दुर्घटना टरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो । गोली लागेर उनको सवारीका लागि खटेका सुरक्षाकर्मी घाइते भएका बताइएको छ । फिलिपिन्सका संदिग्ध कम्युनिष्ट विद्रोहीले  हमला गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापू नजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो सङ्ख्याका सवारी खटाइएको थियो । तर हमलाकारीले भने राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी साधनमा हमला गरेका थिए । गोली लागेर चार जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।

फिलिपिन्समा विगत लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको कम्युनिष्ट विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेका थिए ।
सोही विरोधस्वरुप यो हमला गरिएको अनुमान फिलिपिन्सको सैनिकले गरेको छ । एकजना सैनिक जर्नेलले उक्त हमला कम्युनिष्ट बिद्रोहीले नै गरेको र सैनिक शासनको विरोधस्वरुप यो हमला गरिएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमतीले न्यायाधीशलाई फसाएर अर्काको बच्चाको बाबु बनाउन खोजेपछि …
आफ्नै श्रीमतीले न्यायाधीशलाई फसाएर अर्काको बच्चाको बाबु बनाउन खोजेपछि …
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी
महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी
भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?
भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?
राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते
राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते
सरकार छाड्ने बेला प्रहरीको सेवा अवधि थप्ने देउवाको चलखेल
सरकार छाड्ने बेला प्रहरीको सेवा अवधि थप्ने देउवाको चलखेल
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
बंगलादेश पुग्ने भयो नेपालको ‘नौगेडी’
बंगलादेश पुग्ने भयो नेपालको ‘नौगेडी’
विराटनगर बन्यो इपिएल च्याम्पियन, हारमा शरदको हृयाट्रिक
विराटनगर बन्यो इपिएल च्याम्पियन, हारमा शरदको हृयाट्रिक

तपाईंले छुटाउनुभयो कि?