राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
राष्ट्रपतिले संस्था सुहाउँदो चरित्र बनाउनुपर्छ : खड्का (भिडियो सहित)

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए ।
  • उनले भने,‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए । उनले भने,‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ । आवश्यकीय कुराको प्रबन्ध गर्नुपर्छ ।’
यद्यपी उनले यत्रो कुरा बाहिर आइसकेकोले अब गाडी विलाषीका लागि हो वा आवश्यकत्ता हो भन्ने कुरा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्नेमा जोड दिए ।
आफूहरुले यो व्यवस्थालाई बलियो बनाउन चाहेको पनि उनले सुनाए । तर, राष्ट्रपतिको सवारी हुँदा स्कुले विद्यार्थीहरुले समेत ५ देखि ६ घण्टाको ट्राफिक जाम झेल्नुपरेको खड्काले दुःखदायी कुरा सुनाए । उनले भने,‘यो ध्यान दिने विषय हो ।’
उनले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले दुई महिनासम्म थन्काएको भन्दै गुनासो पोखे । उनले भने, ‘राष्ट्रपतिजस्तो सम्मानित व्यक्ति पार्टीको जसरी प्रस्तुत हुनुहुँदैन् । दशैंको बेला पूर्व सम्मानित व्यक्तिलाई टिका लगाएको दृश्य पनि अस्वभाविक छ । यस्ता विषय त पदमा बस्नेले जान्नुपर्ने विषय हो।’

राष्ट्रपतिले हालै संसदमा सम्बोधन गर्दा पनि आलोचना व्यहोर्नुपरेको उनले सुनाए । उनले थपे,‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ । संस्था सुहाउँदो चरित्र भएन भने त्यो गतिविधिले व्यवस्थामा फरक पर्न सक्छ, सरकारलाई फरक पर्न सक्छ, जनतालाई फरक पर्न सक्छ । यता तर्फ म यो संस्थालाई सचेत गराउन अनुरोध गर्दछु ।’ उनले वर्तमान सरकारले न्यायालय र व्यवस्थापिकालाई आफ्नो गोजीमा राखेको आरोप लगाए । वर्तमान सरकारको यो ९ महिनाको गतिविधिहरु हेर्दा सरकार कानमा तेल हालेर बसेको पनि खड्को टिप्पणी छ ।
उनले राष्ट्रपति संस्थाप्रति नेपाली जनताले विश्वास हाँसिल गर्न सकुन र संस्थाले आफूले गर्नुपर्ने भूमिकामा कहीँ नचुकोस् भन्ने आफूहरुले चाहेको उनले सुनाए । उनले भने,‘हामी सबै नेपालीहरुले मिलेर निर्माण गरेको संस्था हो यो संस्था । राजतन्त्रलाई फालेर र परास्त गरेर राष्ट्रपतीय शासन व्यवस्थामा हामी छौं । र, यो व्यवस्थाको जगेर्ना गर्ने हाम्रो दायित्व हो । तर पदमा बसेका मान्छेले यो कुरा ख्याल गर्नुपर्छ ।’
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको र मुलुकमा शान्ति, सुरक्षा कायम गर्न नसकेको उनको गम्भिर आरोप छ । उनले भने,‘जनताको तहबाट उठेका प्रश्नहरुको सरकारले उत्तर दिनुपर्छ । यस्तो लाचारी कुरा गरेर हुँदैन् । अहिले सरकारमाथि शंका गर्ने र भन्ने ठाउँ प्रशस्त छ ।’
बजेट आएको ६ महिना भैसकेको तर अहिलेसम्म ८ प्रतिशतपनि खर्च नभएको उनले सुनाए । उनले भने,‘हरेक मन्त्रालयमा भ्रष्टाचार व्याप्त छ । अनि भर्खरै ९ महिना भएको छ, हामी काम गर्छौं भनेर लाचारी कुरा गरेर हुन्छ ?’
जनताले दिएको यो ऐतिहाँसिक म्याण्डेटलाई सही ढंगले सरकारले सदुपयोग गर्नुपर्ने उनको सुझाव छ । खड्काले भने,‘जनताले दिएको म्याण्डेटलाई सही ढंगले सदुपयोग गर्नुपर्छ अनिमात्रै समृद्धि हाँसिल हुन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘गलत कामलाई खबरदारी गर्नुपर्छ’
‘गलत कामलाई खबरदारी गर्नुपर्छ’
कञ्चनपुरमा घरमा आएका पाहुनाद्वारा सामूहिक बलात्कार !
आजै मुख्यमन्त्रीको भागबन्डा गर्ने तयारीका साथ कार्यदल बैठक सुरु
आजै मुख्यमन्त्रीको भागबन्डा गर्ने तयारीका साथ कार्यदल बैठक सुरु
विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ ः मुख्यमन्त्री शाही
विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ ः मुख्यमन्त्री शाही
कलेज अध्यक्षको निर्देशनमा विद्यार्थी नेता गिरफतार
कलेज अध्यक्षको निर्देशनमा विद्यार्थी नेता गिरफतार
पार्टी कमजोर भएकोले कमल थापाले रिस पोख्नुभएको मात्रै हो : अध्यक्ष राणा
पार्टी कमजोर भएकोले कमल थापाले रिस पोख्नुभएको मात्रै हो : अध्यक्ष राणा
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
लगातारको पानीले भक्तपुर र बनेपा डुबानमा, बाटोमा पहिरो जाँदा यात्रु अलपत्र
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
अर्थमन्त्री नआएको भन्दै एमाले सांसदले विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैनः पूर्वराष्ट्रपति यादव
विकासको नाममा प्रकृति दोहन गर्नुहुँदैनः पूर्वराष्ट्रपति यादव
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायद्वारा राजीनामा