नेपाल विद्यार्थी संघको महाधिवेशन कार्तिकमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नेपाल विद्यार्थी संघको महाधिवेशन कार्तिकमा

सारांश

  • काठमाडौं, ९ साउन ।
  • नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कार्तिक २३ गतेभित्र संघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताएका छन् ।
  • उनले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने जानकारी पनि दिनुभयो ।

काठमाडौं, ९ साउन । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कार्तिक २३ गतेभित्र संघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताएका छन् । उनले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने जानकारी पनि दिनुभयो ।

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा महरले नेपाल विद्यार्थी संघ विधिभित्र रहेर सञ्चालन भइरहेको दाबी पनि गरे । उनले भने, “मैले नेविसंघभित्र गलत निर्णय गरेको छैन । असन्तुष्ट पक्षसँग पनि छिटै मिलाप हुन्छ र एकताबद्ध हुन्छ ।”

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान अध्यक्षले मनोमानी गरेको र नेविसंघ विधिसम्मत नचलेको बताए । उनले २२ सदस्यीय पदाधिकारीलाई विधान विपरीत अध्यक्ष महरले ३ जना थपेर २५ पु¥याएको बताए । उनले नेविसंघका २२ जिल्लामा विवाद रहेको दाबी पनि गरे ।

(yellowtail.tech)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Arzun KC

    test1

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?