हात बजारेर ठट्टा गर्दै मोदी र ट्रम्प
सारांश
- फ्रान्समा यतिवेला जि -७ बैठक जारी छ ।
- यो बैठकको अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच एक्लाएक्लै भेटवार्ता भएको छ ।
- भेटवार्तापछि जब उनीहरु मिडियाको सामू आए, त्यतिवेला उनीहरु एक-आपसमा निकै प्रसन्न मुद्रामा देखिन्थे ।
फ्रान्समा यतिवेला जि -७ बैठक जारी छ । यो बैठकको अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटवार्तापछि जब उनीहरु मिडियाको सामू आए, त्यतिवेला उनीहरु एक-आपसमा निकै प्रसन्न मुद्रामा देखिन्थे ।
दुवै जना खुब हाँसिरहेका थिए । बिबिसी हिन्दीले लेखेअनुसार दुवै नेताबीच भएको कुराकानीको बारेमा सोध्दा मोदीले हिन्दीमै भने “मलाई लाग्छ कि हामी दुई जनालाई कुरा गर्न दिनुहोस, यदि आवश्यक पर्यो भने तपाईसमक्ष यो विषयमा जानकारी पुगिनै हाल्छ ।”
मोदीले यस्तो जवाफ दिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि फ्याट्टै भनिहाले“मोदीजी धेरै राम्रो अंग्रेजी बोल्नुहुन्छ, तर, उहाँ अंग्रेजीमा कुरा गर्न चाहनुहुन्न ।” ट्रम्पको यो टिप्पणीमा मोदी खुलेरै हाँसे । त्यतिमात्रै होईन, दुवै नेता एक-अर्काको हातमा हात बजारेर निकै ठट्यौली रुपमा प्रस्तुत भए । त्यहाँ उपस्थित् सबै सहभागीहरु पनि हाँस्न बाध्य भएका थिए ।
योभन्दा पहिले मोदीले ट्रम्पकै सामुने भारतको काश्मिरमा मध्यस्थता गर्ने विषयलाई लिएर भारत र पाकिस्तानबीचका सबै मुद्दा द्धिपक्षीय भएकोले यसमा कुनै तेस्रो देशले कष्ट गर्नुपर्दैन भनेर सिधै सार्वजनिक रुपमै भनिदिएका थिए । उता, ट्रम्पले भारत र पाकिस्तान दुवै देशका प्रधानमन्त्री आफ्नो असल साथी भएकोले उनीहरुले दुवै मिलेर काश्मिर मुद्दालाई हल गरुन भन्ने शुभेच्छा राखेका थिए । बिबिसी
प्रतिक्रिया