जुम्रा मार्ने निहुँमा झडप हुँदा ज्यान गयो

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १८, २०७६
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • नख्खुस्थित कारागारभित्र शुक्रबार दिउँसो दुई जना कैदीबीच जुम्रा मार्ने विषयमा विवाद हुँदा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बर्दियाका २५ वर्षीय पूर्णबहादुर राजीको मृत्यु भएको छ ।
  • कर्तव्य ज्यान मुद्दाका अर्का कैदी सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले राजीमाथि सिमेन्टको ब्लकले आक्रमण गरी सख्त घाइते बनाएका थिए ।
  • राजीको उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टरमा ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नख्खुस्थित कारागारभित्र शुक्रबार दिउँसो दुई जना कैदीबीच जुम्रा मार्ने विषयमा विवाद हुँदा कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका बर्दियाका २५ वर्षीय पूर्णबहादुर राजीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दाका अर्का कैदी सर्लाहीका ५० वर्षीय पवनकुमार महतोले राजीमाथि सिमेन्टको ब्लकले आक्रमण गरी सख्त घाइते बनाएका थिए ।

राजीको उपचारका लागि वीर अस्पताल ट्रमा सेन्टरमा ल्याउँदै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहान खाना खाएर एक साथ बसेका कैदीद्वय महतो र राजीबीच आपसमा जुम्रा मार्ने विषयमा विवाद भएको थियो । एकले जुम्रा मार्ने तर अर्कोले नमार्ने भनेपछि विवाद भएको हो ।

कैदी महतोले सोही रिसमा राजीमाथि कारगाराभित्र रहेको ब्लकले टाउकोमा प्रहार गरेका थिए । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाका अनुसार घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको थियो । ती दुई जना कैदीबीचको झगडामा अन्य कैदी रमिते बनेका थिए भने सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीलाई ढिलो खबर भएको थियो ।

‘बारम्बार झगडा गर्ने र मिल्ने’ उनीहरूको बानी नै भएकाले अन्य कैदीले बेवास्ता गरेको भनाइ प्रहरीको छ । गोरखापत्रबाट

पिएम ओली आज सिंगापुर जाँदै, रगतमा समस्या
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर आजदैछन् । सिंगापुरको ‘नेसनल युनिभर्सिटी हस्पिटल’ मा स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली आज शनिबार जाँदै छन् । उनी बेलुका ९ः४५ बजे सिल्क एयरबाट जाने कार्यक्रम छ । स्वास्थ्य परीक्षण आरामसँगै आरम गर्ने उद्देश्य पनि रहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणबारे मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णयसमेत गरेको छ ।

स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि निजी चिकित्सक डा.दिव्यासिंह शाहसहित सिंगापुर जान लागेका उनी करिब एक साता बस्नेछन् । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उनी थप फलोअपका लागि जान लागेका हुन् । प्रधानमन्त्रीको रगतमा क्रिएटिनिनको मात्रा बढेको छ ।

भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै
भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर यही अगष्टको २४ वा २५ तारिखमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय उच्च स्रोतले दिएको जानकारीअनुसार विदेशमन्त्री जयशंकरले नेपाल भ्रमणको गृहकार्य थालिसकेका छन् । उनले आफ्नो पहिलो विदेश भ्रमण भुटानबाट सुरु गरेका थिए ।

उनको नेपाल भ्रमणलाई उच्च महत्वका साथ हेरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै विदेशमन्त्री जयशंकरलाई नेपाल पठाउन लागेका हुन् । नेपाल मामिलाका जानकारसमेत रहेका जयंशकर नेपाली राजनीतिमा अत्यन्तै चर्चित नाम हो ।

भुटान भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले भुटानी प्रधानमन्त्री लोटे छिरिङ र भुटानी समकक्षी टेन्डी दोर्जेसँग भेटवार्ता गरेका थिए । मोदीको ५९ सदस्यीय मन्त्रिपरिषद्मा उनी गैरराजनीतिक पृष्ठभूमिबाट मन्त्री बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?