केपी ओलीले फोन गर्दा करिष्मा मानन्धर दंग

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २, २०७८
|
|
२० पटक हेरिएको
Shares
केपी ओलीले फोन गर्दा करिष्मा मानन्धर दंग

सारांश

  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चर्चित नायिका करिश्मा मानन्धरलाई फोन गरेका छन् ।
  • नायिका मानन्धरले सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी छिन् ।
  • उनले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चर्चित नायिका करिश्मा मानन्धरलाई फोन गरेका छन् । नायिका मानन्धरले सामाजिक सञ्जाल फेशबुकमार्फत अध्यक्ष ओलीले आफूलाई फोन गरेको जानकारी दिएकी छिन् ।

उनले फोनमा केपी शर्मा ओली भनेर आउँदा सुरुमा आफू छक्क परेको पनि उल्लेख गरेकी छिन् । उनले फोनमा ओलीको आवाज सुन्दा आफूलाई घर मुलिले छोराछोरीसँग बोलेजस्तो लागेको जनाएकी छिन् ।

फोनवार्तामा ओलीले करिश्मालाई परीक्षा कस्तो चल्दैछ भनेर सोधेको पनि उनले उल्लेख गरेकी छिन् । उनले ठूलो मान्छे भएर पनि आफूजस्तो सामान्य कलाकारलाई फोन गरेको भन्दै ओलीलाई धन्यवाद दिएकी छिन् । उनले ओलीलाई बुवा भनेर सम्बोधन गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?