३२ लाख १० हजार बराबरको रक्सी चोरी काण्डमा मालिक नै पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
३५ पटक हेरिएको
Shares
३२ लाख १० हजार बराबरको रक्सी चोरी काण्डमा मालिक नै पक्राउ

सारांश

  • काठमाडौं १६ जेठ ।
  • बीमांक लिन चोेरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

काठमाडौं १६ जेठ । बीमांक लिन चोेरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।प्रहरीका अनुसार ३२ लाख १० हजार रुपैयाँ मूल्यबराबरको विभिन्न ब्रान्डका रक्सी चोरी भएको भन्दै उनले ६ जेठमा प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । जाहेरीलगतै प्रहरी घटनास्थल पुगेको थियो । जाहेरीमा उल्लेख भएजस्तो चोरी नभएको खुलेपछि प्रहरीले जाहेरीवाला खड्कामाथि नै अनुसन्धान गरेको थियो ।वृत्त प्रमुख डिएसपी देवेन्द्र पालले बिमाबापतको रकम लिन चोरीको नाटक गरेकोे खुलेको बताए । उनले भने, ‘रक्सी पसल चोरी भएको भन्दै हामी कहाँ उजुरी प(यो । अनुसन्धानमा प्रहरी खटिए । तर, चोरी भएको प्रमाण कतै भेटिएन । त्यसपछि अनुसन्धान जाहेरीवालामै केन्द्रित ग(यौँ । यसक्रममा उनैले चोरी नभएको बताए । कारण बुझ्दा बिमाबापतको रकम असुल्न नाटक गरेको खुल्यो ।’

प्रहरीका अनुसार उनको बाफलस्थित निजी घरको भुइँ तलामा दाजुभाइ मधुशालानामक रक्सी पसल छ । सोही पसलबाट विभिन्न १० ब्रान्डका एक सय ५० कार्टुन चोरी रक्सी भएको जाहेरीमा उल्लेख छ । घटनास्थल पुगेका प्रहरीले पसल आसपासका छिमेकीसँग बयान लियो । घरमा डेरा गरी बस्नेसँग पनि सोधपुछ ग¥यो । तर, चोरी भएको खुल्ने कुनै प्रमाण फेला परेन । त्यसपछि अनुसन्धान जाहेरीवाला खड्कामाथि केन्द्रित भएको थियो ।डिएसपी पालले भने,‘ एक सय ५० कार्टुन रक्सी चोरी हुनु सामान्य विषय थिएन । यसका लागि ट्रक नै घटनास्थल पुग्नुपर्छ । जाहेरीमा उल्लेख भएको मितिमा यस्तो ट्रक आए–नआएको बुझ्यौँ । तर, ट्रक देख्ने व्यक्ति कोही फेला परेन । आसपासका छिमेकीसँग सोध्यौँ । उनकै घरमा डेरा गरी बस्नेसँग पनि सोध्यौँ । तर, प्रमाण फेला परेन । त्यसपछि मात्रै हामीले खड्कासँग सोधपुछ ग(यौँ । यही क्रममा घटना नक्कली रहेको खुल्यो ।’

प्रहरीका अनुसार केही महिनाअघि मात्रै उनले रक्सी पसलको बिमा लाइफ इन्स्योरेन्स कम्पनीमा गराएका थिए । त्यसलगतै बिमाबापतको रकम लिन उनले विभिन्न जुक्ति लगाउन थाले । चोरीको प्रतिवेदन पेस गर्दा बिमाबापतको रकम लिन सकिने निष्कर्षमा उनी पुगे । प्रतिवेदनका लागि उनले पसल चोरी भएको झुटो जाहेरी प्रहरीलाई दिए । डिएसपी पालले भने, ‘बिमाबापतको रकम लिन प्रहरीको सिफारिस आवश्यक पर्ने देखियो । यसैका लागि झुटो जाहेरी दिएको देखिन्छ । उनले विगतमा पनि यस्ता घटना गराएको हुन सक्छ । यस सम्बन्धमा थप अनुसन्धान जारी छ ।’

(https://teamtapper.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा
ओलीको नयाँ प्रस्तावमा दाहाल र नेपाल सशंकित
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
पिसाब गर्न गएकी १४ वर्षीया किशोरी बलात्कृत
पिसाब गर्न गएकी १४ वर्षीया किशोरी बलात्कृत
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
अध्ययनविनाको पानी जहाज : ओलीलाई विज्ञले दिए यस्तो चुनौति
अध्ययनविनाको पानी जहाज : ओलीलाई विज्ञले दिए यस्तो चुनौति
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
काङ्ग्रेसको भविष्य सङ्कटमा
काङ्ग्रेसको भविष्य सङ्कटमा