हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको भीड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २०, २०७४
|
|
४४ पटक हेरिएको
Shares
हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको भीड

सारांश

  • मनाङ, २० असोज  ः हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको चहलपहल बढेको छ ।
  • नेपालीको माहन चाड वडादशैँसँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड लागेको हो ।
  • दशँै बिदाको अवसर पारेर मनाङ घुम्न आउने नेपाली पर्यटक दिनहुँ १०० देखि २०० जनासम्म मनाङ भित्रिने गरेका छन् ।

मनाङ, २० असोज  ः हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको चहलपहल बढेको छ । नेपालीको माहन चाड वडादशैँसँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड लागेको हो ।

दशँै बिदाको अवसर पारेर मनाङ घुम्न आउने नेपाली पर्यटक दिनहुँ १०० देखि २०० जनासम्म मनाङ भित्रिने गरेका छन् । गतवर्ष आठ हजार आन्तरिक पर्यटकले भ्रमण गरेकामा यसवर्षको १५ दिनमा करिव सात हजार आन्तरिक पर्यटकले भ्रमाण गरेको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवले बताउनुभयो ।

लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङ आउने पर्यटकले रु ४० हजारमा गाडी रिर्जभ गरेर पनि आफ्नो परिवारसँग मनाङ घुम्न आएको पाइएको छ ।

साथी साथी मिलेर वा आफन्तसँग यहाँका प्राकृतिक सौन्दर्य, आग्ला अग्ला हिमशृंखला, हिमताल झरना र विशेष गरेर विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको अवलोकन गर्न पनि आन्तरिक पर्यटकको ओहिरो लागेको हो ।

पर्यटकको अत्यधिक चापका कारण होटलमा कोठा अग्रिम बुकिङ गरेर आउनुपर्ने अवस्था आएको छ । उता तिलिचो बेस क्याममा जम्मा तीनवटा मात्र होटल भएकाले त्यहाँे जाने पर्यटकलाई बस्ने समस्या परेको छ ।

अन्पूर्ण पदमार्गमा बाह्य पर्यटकसँगसँगै आन्तरिक पर्यटकको चासो बढ्न थलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड
माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड
तीन दलको निर्णयः गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता
तीन दलको निर्णयः गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता
मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री
मेरो भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रितः प्रधानमन्त्री
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
एमाले बैठकअघि बामदेव पुगे प्रचण्ड निवास, १० मिनेट मात्र छलफल
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
नारायणगढ–बुटवल सडकमा १५ पुल अन्तिम चरणमा
७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह किन गरिन ?
७४ वर्षीया बृद्धाले पाँच महिनाको बाच्छोसँग विवाह किन गरिन ?
स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनमा ट्याक्सीमाण्डुका अर्जुन केसी बिजयी
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते
भूकम्पमा परी सुदूरपश्चिममा सात व्यक्ति घाइते
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर