हुनै लागेको विवाह केटीले नमानेपछि यसरी रोकियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • महोत्तरी, ३१ वैशाख- महोत्तरीमा हुन लागेको एक बाल विवाह प्रहरीले आइतबार रोकेको छ ।
  • जलेश्वरको महादेव मन्दिरमा हुन लागेको बाल विवाह केटीले नै विवाह नमानेपछि प्रहरीको सहयोगमा रोकिएको हो ।
  • जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको बालविवाह हुन लागेको रोकिएको हो ।

महोत्तरी, ३१ वैशाख- महोत्तरीमा हुन लागेको एक बाल विवाह प्रहरीले आइतबार रोकेको छ ।जलेश्वरको महादेव मन्दिरमा हुन लागेको बाल विवाह केटीले नै विवाह नमानेपछि प्रहरीको सहयोगमा रोकिएको हो ।

जलेश्वर नगरपालिका–९ परिकौलीका २७ वर्षीय गणेश चौधरी कलवारको महोत्तरी गाउँपालिका–४ की १७ वर्षीया रागनीकुमारी चौधरीसँग हुन लागेको बालविवाह हुन लागेको रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार दुलही रागिनीले विवाह गर्न नमानेको सूचना प्राप्त भएपछि तत्काल प्रहरीको टोलीले विवाह रोकेको हो ।

हुन लागेको बालविवाह रोकेर दुलहीलाई अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कुवेरसिंह कडायतले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?