हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्ने प्रदेश ५ को राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
सारांश
- बुटवल : अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा उभिएका बुटवलवासीले रुपन्देहीमा प्रदेश राजधानीको माग अगाडि सारेका छन्।
- घरदैलो कार्यक्रममा मतदाताले प्रदेश राजधानीको विषय उठाउन थालेपछि उम्मेदवार हैरान भएका छन्।
- रुपन्देही-३ का प्रतिनिधिसभा उम्मेदवार एमालेका विष्णु पौडेलले प्रदेश राजधानी बुटवलमा बनाइछाड्ने प्रतिबद्धता मतदातामाझ गरेका छन्।
बुटवल : अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा उभिएका बुटवलवासीले रुपन्देहीमा प्रदेश राजधानीको माग अगाडि सारेका छन्। घरदैलो कार्यक्रममा मतदाताले प्रदेश राजधानीको विषय उठाउन थालेपछि उम्मेदवार हैरान भएका छन्।
रुपन्देही-३ का प्रतिनिधिसभा उम्मेदवार एमालेका विष्णु पौडेलले प्रदेश राजधानी बुटवलमा बनाइछाड्ने प्रतिबद्धता मतदातामाझ गरेका छन्। प्रदेशसभाको पहिलो बैठकले प्रदेश राजधानीको विषयमा टुंगो लगाउने व्यवस्था छ। उम्मेदवार पौडेल अखण्ड प्रदेश नम्बर ५ को पक्षमा उत्रेको जनसागरले प्रदेश राजधानी बुटवल भनी अनुमोदन गरेको बताउँछन्। उनले भने, ‘जसरी पनि बुटवलमा प्रदेश राजधानी बनाइन्छ। यसको विकल्प छैन।’
मतदाताले पनि घरदैलोमा आउने उम्मेदवारसँग प्रदेश राजधानीका विषयमा प्रश्न गर्न थालेका छन्। कपिलवस्तु-१ का कांग्रेस उम्मेदवार दीपकुमार उपाध्याय बौद्धिक मतदाताले प्रदेश राजधानीको विषयमा कुरा गर्न थालेको बताउँछन्। उनी भन्छन्, ‘बुद्ध जन्मेको ठाउँ कपिलवस्तु प्रदेशको राजधानी हो। भूगोलका हिसाबले यसको विकल्प छैन।’
अखण्ड पाँच नम्बर प्रदेशको पक्षमा बुटवलमा भएको विरोधको नेतृत्व कांग्रेसका चन्द्र भण्डारी, माओवादीका टोपबहादुर रायमाझी र एमालेको पौडेललगायले गरेका थिए। माओवादी नेता रायमाझी प्रदेश राजधानीको विषयमा अहिले नबोल्ने बताउँछन्। उनले भने, ‘उपयुक्त स्थानमा राख्न पार्टीभन्दा माथि रहेर मेरो पहल हुन्छ। अखण्ड पाँच नम्बर प्रदेशको विषयमा पनि म पार्टी निर्णयभन्दा माथि थिएँ।’
मुख्यमन्त्रीसहित सात मन्त्रालय रहने पाँच नम्बर प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्य रहनेछन्। ‘प्रदेश राजधानीमा भौतिक पूर्वाधार निर्माणका लागि सरकारी जग्गा आवश्यक पर्छ’, वाम गठबन्धनका तर्फबाट ५ नम्बर प्रदेशका मुख्य मन्त्रीमा चर्चा गरिएका एमालेका शंकर पोखरेलले भने, ‘सबै हिसाबले प्रदेश राजधानीका लागि दाङ उपयुक्त छ। प्रदेश राजधानीका लागि दाङको विकल्प छैन।’
यसअघि दाङलाई प्रदेश राजधानी बनाउने सोच सरकारले अगाडि सारेको थियो। चुनावको मुखमा मतदाताले आफूलाई पायक पर्ने क्षेत्रमा प्रदेश राजधानी बनाउन माग गर्दै आएका छन्। राजनीतिशास्त्रका प्राध्यापक डा.माधव पन्थी मतदातालाई प्रभावित गर्न दलले जहाँ पायो त्यहीँ राजधानी सपना बाँडेर हिँडेको आरोप लगाउँछन्। उनले भने, ‘चुनावमा जस्तो डम्फु बज्छ त्यसैअनुसार नाच्ने हो। दलले त्यही गरेका छन्।’ प्रदेश राजधानीको विषयमा मतदाताले प्रदेशसभाका उम्मेदवारसँग भने खासै चासो राखेका छैनन्।
रुपन्देही १ (२) का कांग्रेसबाट उम्मेदवार हरि न्यौपाने मतदाताले प्रदेश राजधानीका विषयमा चासो नराखेको बताउँछन्। उनले भने, ‘अहिलेसम्म कसैले सोधेका छैनन्। हामीले रुपन्देहीमा हुनुपर्छ भन्दै हिँडेका छौं।’ बुटवल आसपास क्षेत्रमा चर्चा सुनिएको प्रदेश राजधानी विषय रुपन्देहीकै ग्रामीण क्षेत्रमा भने त्यति सुनिँदैन।
‘ग्रामीण क्षेत्रका जनताले प्रदेश सभाको विषय बुझेकै छैनन्’, मर्चवारलगायत रुपन्देहीको ग्रामीण क्षेत्र समेटिएको क्षेत्र नम्बर ४ कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार प्रमोद यादवले भने, ‘जनतामा प्रदेश राजधानीको विषयमा चासो छैन। बुटवलमा हुन्छ भन्ने विषयमा उनीहरू ढुक्क छन्। प्रदेश राजधानी बुटवलबाट अन्त लैजान दिनु हुँदैन।’
‘प्रशस्त पूर्वाधार, आर्थिक केन्द्र, भारतसँगको नजिकको नाका क्षेत्र भएकाले रुपन्देही प्रदेश राजधानीका लागि उपयुक्त छ, अखण्ड प्रदेश आन्दोलनको संयोजन गरेका रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले भने, ‘प्रदेश राजधानी रुपन्देहीबाट अन्यत्र सारिए हामी सडकमा आउँछांै।’
Om Bhujel
बामपंथी सरकार बनछ यसपालि
Tek Bahadur Kammu
5
Tek Bahadur Kammu
Butwal hunu parxa
Gopal Oli
Dhang ma vaye paxi sabai lai ramro hunxa