प्रहरीको बर्दीमा दाग लगाउने यी हुन् पुलिस संलग्न भएका चर्चित घटना
सारांश
- काठमाडाै, १७ वैशाख ।
- प्रहरीले आफ्नो संगठनको नारा ‘प्रहरी तपाईको साथी’ भन्ने गरे पनि त्यहि प्रहरी कहिलेकाहीं ‘नजाती’ बनेका थेरै उदाहरण हाम्रै अगाडि छन् ।
- समाजमा अमन चयन र नागरिकको जिउ धनको सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले नै बाटो बिराएका घटना धेरै छन् ।
काठमाडाै, १७ वैशाख । प्रहरीले आफ्नो संगठनको नारा ‘प्रहरी तपाईको साथी’ भन्ने गरे पनि त्यहि प्रहरी कहिलेकाहीं ‘नजाती’ बनेका थेरै उदाहरण हाम्रै अगाडि छन् ।
समाजमा अमन चयन र नागरिकको जिउ धनको सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले नै बाटो बिराएका घटना धेरै छन् । जसको परिणाम प्रहरी आफै काराबासको सजाय भोग्न वाध्य समेत बनेका छन् । प्रहरीको बर्दीको बद्नाम गर्नेमा तल्लो तहका प्रहरी मात्र नभएर उच्च तहका प्रहरी अधिकारी नै काण्डै काण्डमा मुछिएका मात्र छैनन् । जेल समेत गएका छन् । प्रहरीको आवरणमा छोटो समयमै धेरै धन कमाउने प्रलोभनमा पर्दा आफू मात्र कलंकित भएका छैनन् । सिङ्गो प्रहरी संगठनलाई नै बदनाम बनाएका छन् । नेपाल प्रहरीका उच्च अधिकारीहरु नै संलग्न भएका केहि काण्ड यस प्रकार छन् ।
सुडान घोटाला स् नेपाल प्रहरीमा सबैभन्दा चर्चित काण्ड सुडान घोटाला हो । सुडान घोटालामा ३ जना पूर्व आइजीपी जेल गईसकेका छन् । सर्वोच्च अदालतले नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै नेपाल प्रहरीका तीन पूर्व प्रमुखहरूलाई दोषी ठहर गरेको हो । सर्वोच्चले पूर्व प्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई भ्रष्टाचारी ठहर गरेको हो । राणालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना हुने सजाय सुनाइएको छ भने गुरुङ र ठकुरीलाई एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो । नेपाल प्रहरीको इतिहासमा एकै घटनामा ३ जना पूर्वआइजीपी जेल चलान भएको यो पहिलो घटना हो ।
दरबारमार्ग बलात्कार प्रकरण स् २०७४ माघ ७ मा राजधानीको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कार प्रकरणले प्रहरीले रकम लिएर घटना मिलाएको विषय पनि प्रहरी संगठनभित्रको धब्बा हो । होटलमा कैलालीकी एक २० वर्षीय चौधरी थरकी युवतीको सामुहिक बलात्कारका दोषीलाई पैसामा मिलाएर उन्मुक्ति दिन खोजीएको भन्दै दरबारमार्गका सई चन्द्र भण्डारी र इन्पेसक्टर लक्ष्मणसिंह ठकुरी निलम्बनमा परे ।
उक्त घटनामा पीडित महिला आफैले मुद्दा फिर्ता लिन खोज्दा विवाद भएको थियो । तर बलात्कारको मुद्दा परेपछि सो मुद्दा फिर्ता लिन नपाउने भएको थियो । तत्कालीन आईजीपी प्रकाश अर्यालले दोषीलाई कडा कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए । उनले सार्वजनिक रुपमै यस्तो घटनाको मुद्दा फिर्ता नहुने बताएर प्रशंसा बटुलेका थिए ।
३५ किलो सुनकाण्ड स् नेपाल प्रहरीका उच्च अधिकारी अनुसन्धानमा तानिएको अर्को चर्चित काण्ड हो ३५ किलो सुन । २०७१ मा तत्कालीन डीआईजी प्रकाश अर्याल केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) का प्रमुख थिए । सीआइबीको टोलीले चीनको खासाबाट नेपाल भित्रिएको ३५ किलो सुन समात्यो । तर प्रहरी अधिकारीले सुन तस्करीको सूचना दिने नक्कली सूचनादाता बनाएर कमीसन दाबी गरे । तत्कालीन डीआईजी अर्यालसँग अख्तियारले बयान समेत लिएको थियो ।
राज्य व्यवस्था समितिले त्यसबेला निलम्वन गर्ने तयारी गरेपनि अन्ततः उनले त्यस काण्डबाट सफाई पाएका थिए । नेपाल प्रहरीभित्र त्यो घटनालाई ३५ किलो प्रकरण भनेर चिनिन्छ । नियमअनुसार कुनैपनि भन्सार नाकाबाट राजश्व छली तस्करी भईरहेको कुनै वस्तु वा सामानका विषयमा सूचना दिने सुराकीलाई उसको नाम गोप्य राखेर सरकारले १५ प्रतिशत कमिशन दिने व्यवस्था थियो । नक्कली सुराकी खडा गरेको सम्बन्धमा वास्तविक सुराकी आफैँ उपस्थित भएपछि यो रहस्य बाहिरिएको थियो।
३३ किलो सुन र सनम हत्या प्रकरण स् नेपालमा सुन तस्करीको इतिहामै सबैभन्दा बढी व्यक्ति पक्राउ र हत्यासम्मको आपराधिक रुप लिएको घटना गत ७ माघमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको भनिएको ३३ किलो सुनको हो । युएई हुँदै नेपाल आएको भनिएको ३३ किलो सुन हराएको र सुन भित्र्याउन सम्मिलित भएका सनम शाक्यको हत्यापछि यो घटना निकै जेलिँदै गएको छ । त्यस हत्यामा संलग्न भनिएका सुन तस्करीका मुख्य नाईके चुडामणी उप्रेती फरार छन् ।
तर यहि घटनामा जोडेर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलभित्र कार्यरत लोडर प्रेम नारायण चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् । यो प्रकरणमा २७ जना पक्राउ पर्दा पूर्व डीआइजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल र डिएसपी संजय राउत र प्रजित केसी प्रहरी हिरासतमा छन् । उनीहरु तीनै जनालई संगठित अपराध र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाइएको छ । यो प्रकरणमा केही पूर्व आइजीपी तथा एक बहालवाला एसएसपीको नाम पनि मुछिएको छ ।
(Adipex)
Krishna Paudel
Police kati vrastachari,ghus khori ta ko nai 6 r? Yo desbigarne police nai ho igp db lama dekhi SSP ,dig,dog,enspecter,sabai taskari hoin vne 33 kilo sun kanda hos was gangabuko sex kanda hos,j hos acid kanda pni police nai hun balatkariko ta kurai 6odau des vadne vnekai police hun.
Gobinda Neupane
यी त बाहिर आएका घटना मात्रै हुन तर बास्तबमा भन्ने हो भने पुलिस ले बदमासी नगर्ने कुनै क्षेत्र नै छैन।
पुर्ण रुपले सबै नै त्यस्तै मात्रै छन भन्दा पनि शतप्रतिशत न्याय नहोला तर अधिकाम्स पुलिस भनेकै घुस खाने, तस्करी गर्ने, हप्ता खाने, कमिसन खाने, पदको दुरुपयोग गरेर जनता लाई चुस्ने नै हुन।
पसलमा हप्ता, होटलमा ,गाडिहरु सङ्ग, रेष्टुरेन्टमा ,बारमा, हरेक ठाउँमा उनिहरुले पैसा नखाने कुनै क्षेत्र नै छैन नि।।।