यसरी फुलमालाले पुरिए प्रचण्ड !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
यसरी फुलमालाले पुरिए प्रचण्ड !

सारांश

  • पोखरा, २४ मंसिर ।
  •  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिक्लेससम्म जाने बाटो पक्की गर्न आफूले सहयोग गर्ने बताएका छन् ।
  • सोमबार मादी गाँउपालिका र पोखरा उपमहानगरपालिका–४ अन्तर्गत विजयपुर खोलामा पुलको शिलन्यास गर्दै अध्यक्ष प्रचण्डले सिक्लेस आफूहरुका लागि ऐतिहासिक ठाउँ भएको भन्दै उक्त ठाउँको विकासका लागि आफूले नैतिक तथा भौतिक रुपमा जिम्मेवारी लिने बताए ।

पोखरा, २४ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिक्लेससम्म जाने बाटो पक्की गर्न आफूले सहयोग गर्ने बताएका छन् । सोमबार मादी गाँउपालिका र पोखरा उपमहानगरपालिका–४ अन्तर्गत विजयपुर खोलामा पुलको शिलन्यास गर्दै अध्यक्ष प्रचण्डले सिक्लेस आफूहरुका लागि ऐतिहासिक ठाउँ भएको भन्दै उक्त ठाउँको विकासका लागि आफूले नैतिक तथा भौतिक रुपमा जिम्मेवारी लिने बताए ।

‘पहिलो पटक शान्ति प्रक्रियामा आउँदा हामी सिक्लेसबाट काठमाडाैं गएका थियौँ’, अध्यक्ष प्रचण्डले भने, ‘त्यतिबेला गृहमन्त्रीका हिसाबले कृष्णप्रसाद सिटौला हामीलाई लिन आउनुभएको थियो ।’‘शान्ति सम्झौता भएर, संविधान घोषणा भएर निर्वाचन सम्पन्न भएर नयाँ राजनीतिक परिस्थितिमा एकचोटी फेरि त्यो ऐतिहासिक गाउँ सिक्लेसमा हामी जाँदै छौँ’, अध्यक्ष प्रचण्डले भने ।

सिकलेस हिँडेका नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटैमा फूलमालाको स्वागत पाएका छन्। भूमिगत जीवन त्यागेर शान्ति प्रक्रियामा आउनु अघि उनी सिक्लेसबाटै काठमाडौं आएका थिए। त्यही सम्झनामा मादी गाउँपालिकाले सिक्लेसमा शान्ति स्तम्भ स्थापना गरेको छ। त्यसको उद्घाटन गर्न अध्यक्ष दाहाल र पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला  सिक्लेस पुग्दैछन्। त्यहाँ पुग्नुअघि स्थानीयले उनलार्इ पुरिने गरी माला लगाइदिएका हुन्। माला लगाइदिने गाउँलेहरुले सिकलेस जाने पिचबाटो निर्माण गरिदिन माग गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छैन : पाण्डे
कुनै पनि प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छैन : पाण्डे
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा  योगेश भट्टराईलार्इ
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा योगेश भट्टराईलार्इ
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा
हिउँ पर्ने तर कहिल्यै पानी नपर्ने उपल्लो मुस्ताङमा तीन दिनयता भारी वर्षा
करमा छुटै छुट
करमा छुटै छुट
प्रदेशले गर्यो गरिबी विरुद्ध लड्ने अठोट ।
प्रदेशले गर्यो गरिबी विरुद्ध लड्ने अठोट ।
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !
कोरोना भाइरसः चीनलाई कमजोर पार्ने अमेरिकी अस्त्र !
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
सांसद एवं नेकपाका नेता राजिव पहारीले गरे श्रीयाकाे परिवारलाइ आर्थिक सहयोग
यी खोप केन्द्रबाट आज दोस्रो डोजको खोप लगाइदै
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
फेरी गयो शक्तिशाली भूकम्प ! दार्चुलालाई केन्द्रबिन्दु….
फेरी गयो शक्तिशाली भूकम्प ! दार्चुलालाई केन्द्रबिन्दु….