यी ५ मन्त्रीको पद जाने सम्भावना
सारांश
- लामोसमयदेखि चर्चामा रहेको मन्त्रिमण्डल पुनर्गठनले अन्तत सार्थकता पाउने देखिएको छ ।
- हिजो बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद हेरफेरलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिकार दिए पछि सम्भवतः आज मन्त्रिमण्डल पुनर्गठन हुनेछ ।
- मन्त्रिमण्डल पुनर्गठनले सार्थकता पाएसँगै सरकारमा रहेका ५ जना मन्त्रीले पद गुमाउने अनुमान गरिएको छ ।
लामोसमयदेखि चर्चामा रहेको मन्त्रिमण्डल पुनर्गठनले अन्तत सार्थकता पाउने देखिएको छ । हिजो बसेको नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद हेरफेरलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिकार दिए पछि सम्भवतः आज मन्त्रिमण्डल पुनर्गठन हुनेछ । मन्त्रिमण्डल पुनर्गठनले सार्थकता पाएसँगै सरकारमा रहेका ५ जना मन्त्रीले पद गुमाउने अनुमान गरिएको छ ।
हिजोको नेकपा सचिवालय बैठकले मन्त्री बदल्ने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गरेसँगै कार्यसम्पादन, छवी या दुवैका आधारमा कम्तीमा पनि पाँच जनाको मन्त्री पद जानेछ।
यातायातमन्त्री रघुवीर महासेठ, उद्योगमन्त्री मात्रृका यादव, महिला तथा बालबालिका मन्त्री थममाया थापा मगर, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र कृषिमन्त्री चक्रपाणी खनालले संभवत मन्त्री पदबाट हट्नु पर्ने नेकपाभित्र अनुमान गरिएको छ ।
मन्त्रीमण्डल पुनर्गठनमा ओलीका निकट मानिएका महेश बस्नेत, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, लगायतलाई सरकारमा सामेल गराउने योजना रहेको बुझिएको छ । त्यस्तै केही मन्त्रीहरुले हाल सम्हाली रहेको मन्त्रालयबाट अन्य मन्त्रालयमा लगिने तयारी पनि भइरहेको छ । नेकपा महासचिव विष्णु पौडेललाई महत्वपुर्ण मन्त्रालय सहित उपप्रधानमन्त्रीको रुपमा मन्त्रीमण्लमा ल्याउने योजना समेत प्रधानमन्त्री ओलीले बनाएका छन् ।
सचिवालय बैठकमा भोली सोमबार या पर्सि मंगलबार नै मन्त्रीपरिषद बदल्नु पर्ने र नाम सिफारिस गर्न सक्ने प्रस्ताव राखेपछि सदस्यहरुले त्यसको प्रक्रिया अघि बढाउन अनुरोध गरेका थिए।
दुई तिहाईको सरकार भएपनि जनअपेक्षा अनुसार काम नभएको भन्दै ओली सरकारको आलोचना हुँन थालेपछि मन्त्रीपरिषद हेरफेरको विषयले लामो समयदेखि चर्चा पाउँदै आएको थियो । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै पटक पटक मन्त्रीपरिषद परिवर्तन हुने बताउँदै आएका थिए ।
मन्त्रीपरिषदमा कसलाई हटाउने, कसलाई राख्ने र नयाँ मन्त्रीका रुपमा कसलाई ल्याउने भन्ने बारेमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग औपचारिक छलफल गरेको र विशेष अधिकारको रुपमा ओली आफैले मन्त्रीपरिषद हेरफेरको निर्णय गर्ने भएका हुन् ।
प्रतिक्रिया