हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
२२ पटक हेरिएको
Shares
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा

सारांश

  • काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएका छन् ।
  • नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको छ भने ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको छ भने । उनले भने, “समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ ।”

उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताए । आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनले बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेका जस्ता समस्या समाधान गर्न आग्रह गरेएका थिए । कार्यक्रममा पत्रकार महासङ्घ दाङ शाखा पूर्वअध्यक्ष प्रताप रेग्मी, सल्लाहकार सुदीप गौतम, पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्मालगायतले भनाइ राखेका थिए । पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले गरेका थिए ।

(https://www.firmfitfloor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
श्रमिकको आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक छ : अध्यक्ष नेपाल
श्रमिकको आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक छ : अध्यक्ष नेपाल
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
मोदीसहित भाजपाका नेताले ट्वीटरमा नाम फेरे, नयाँ नाम ‘चौकीदार नरेन्द्र मोदी’
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा अभियान चलाउने पत्रकार
स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा अभियान चलाउने पत्रकार
 भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको बिस्केट जात्रा आजबाट सुरु
शरीरमा रक्सी आफै बनेपछि नशामा रहिरहने यी महिला
शरीरमा रक्सी आफै बनेपछि नशामा रहिरहने यी महिला
१४ नेपाली चीनको चाँगामा
१४ नेपाली चीनको चाँगामा

तपाईंले छुटाउनुभयो कि?