८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
३६ पटक हेरिएको
Shares
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि

सारांश

  • निजी विद्यालयहरुको छाता संस्था प्यावसन कास्कीले मंसिर १३ गते देखि मंसिर १७ गते सम्म पोखरामा १५ औं संस्करणको प्यावसन मिट २०७४ आयोजना गर्ने भएको छ ।
  • सो बारे जानकारी दिंदै प्यावसन कास्कीका वरिष्ठ उपाध्यक्ष एवम प्यावसन मिट २०७४ का खेल संयोजक षडानन्द गौतमले मंसिर १३ गते नेपाल सरकारका मुख्य सचिव लोक दर्शन रेग्मीले पोखरा रंगशालामा प्रतियोगिताको उदघाटन गनर््हुनेछ ।
  • =प्यावसन मिट अन्र्तगत प्यावसन कास्की अन्र्तगतका कुल ८४ व्रिद्यालयहरुको सहभागिता रहने र करिव ६ हजार विद्यार्थीहरुले आफ्नो खेल कौशल प्रर्दशन गर्ने प्यावसन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले वताए ।

निजी विद्यालयहरुको छाता संस्था प्यावसन कास्कीले मंसिर १३ गते देखि मंसिर १७ गते सम्म पोखरामा १५ औं संस्करणको प्यावसन मिट २०७४ आयोजना गर्ने भएको छ । सो बारे जानकारी दिंदै प्यावसन कास्कीका वरिष्ठ उपाध्यक्ष एवम प्यावसन मिट २०७४ का खेल संयोजक षडानन्द गौतमले मंसिर १३ गते नेपाल सरकारका मुख्य सचिव लोक दर्शन रेग्मीले पोखरा रंगशालामा प्रतियोगिताको उदघाटन गनर््हुनेछ ।

=प्यावसन मिट अन्र्तगत प्यावसन कास्की अन्र्तगतका कुल ८४ व्रिद्यालयहरुको सहभागिता रहने र करिव ६ हजार विद्यार्थीहरुले आफ्नो खेल कौशल प्रर्दशन गर्ने प्यावसन कास्कीका अध्यक्ष दिनेश श्रेष्ठले वताए । ‘कास्कीका निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुदको माध्यम वाट उनीहरुमा अन्तरनिहित क्षमतालाई वाहिर ल्याउन तथा उनीहरुलाई खेलकुदको माध्यमले स्वास्थ्य जिवन तर्फ उन्मुख गराउने भावना जागृत गर्न’ यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले वताए । उनले यो खेलकुदको क्षेत्रम ‘मेगा इभेन्ट’ भएको र सवै पक्षको सहयोग आवश्यक रहने कुरामा जोड दिए । प्यावसन मिटमा फुटवल जुनियर सिनियर, भलिवल छात्र–छात्रा, टेवल टेनिस सिंगल्स् डवल्स र एथलेटिक्स तर्फ ट्रयाक एण्ड फिल्ड तर्फका सम्पुर्ण खेलहरु हुनेछन । ट्रयाक एण्ड फिल्डमा १ सय, २ सय ८ सय र १५ सय मिटरको दौडका साथै ४ सय मिटरको रिले दौड, लङ्ग जम्प, हाइ जम्प र ट्रिपल जम्पका खेलहरु समावेश गरिएको संयोजक गौतमले वताए । सिनयर र जुनियर फुटवलमा भने धेरै विद्यालयहरुको सहभागिता रहेकोले ७ गते वाट नै फुटबलका खेलहरु सुरु गरिने गौतमले जानकारी दिए । उनका अनुसार जुनियर फुटबुल तर्फ सहभागि ४८ र सिनयर तर्फ ७२ टिमको सहभागिता रहेका छन् ।

भण्डार ढिकको रंगशाला र नेपाल आर्दशको खेल मैदानमा जुनियर तर्फका खेलहरु र हेम्जाको विष्ण् पादुका तथा गौरिशंकर मावीको खेल मैदानमा सिनियरका पहिलो चरणका खेलहरु आयोजना गरिने छ । तर सेमीफाइनल र फाइनल खेलहरु भने पोखरा रंगशालामा सम्पन्न गरिने खेल संयोजक गौतमले वताए । मंसिर १७ गते पोखरा रंगशालामा समापन हुने कार्यक्रममा प्यावसनका केन्द्रिय कार्यवाहक अध्यक्ष डिके ढुँगानाको प्रमुख अतिथ्यतामा हुने संयोजक गौतमले जानकारी दिए । हाल प्यावसन कास्कीमा १ सय २ विद्यालयहरु आवद्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?