विवाहकै दिन सासुले ज्वाईलाई रक्सी पिलाउने समाज

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
२९ पटक हेरिएको
Shares
विवाहकै दिन सासुले ज्वाईलाई रक्सी पिलाउने समाज

सारांश

  • विश्वमा अलग–अलग सस्कार र परम्परा चलिअएका छन् ।
  • भारतमा बसोबास गर्ने एक आदिवासि जनजातिमा विवाहमा हुनेवाला ज्वाईलाई सासुआमाले रक्सि पिलाएर विवाहको काम सुरु गर्छन् ।
  • दुलाहालाई रक्सि पिलाएपछि पुरै परिवारले रक्सी पिउछन् ।

विश्वमा अलग–अलग सस्कार र परम्परा चलिअएका छन् । भारतमा बसोबास गर्ने एक आदिवासि जनजातिमा विवाहमा हुनेवाला ज्वाईलाई सासुआमाले रक्सि पिलाएर विवाहको काम सुरु गर्छन् । दुलाहालाई रक्सि पिलाएपछि पुरै परिवारले रक्सी पिउछन् ।

विवाहको दिनमा दुलाहा दुलाहीले एक अर्कालाई रक्सी पिलाएर प्रथालाई निरन्तरता दिदै आएका छन् । यो जातिमा विवाहको दिन एक लोटा तातो पानी खन्याएर केटीलाई पवित्र बनाउने आश्चर्य लाग्दो परम्परा रहेको छ । यो समुदायमा विवाह देखि मृत्यु जस्ता धार्मिक कार्यमा पनि रक्सीको सेवन अनिवार्य रुपमा गर्छन् ।

त्यो आदिवासि समुदायको विवाहमा कोहि पन्डित हुँदैनन, न त कुनै सजावट, नत दाइजो लिन्छन नत दिन्छन् । समाज वा पन्चले १ सय रुपैयाँ प्रदान गर्छन् । आजसम्म विवाहमा जन्ती पैदल नै आउँछन् । विवाहको जग्या पनि पातहरुबाट बनाइएको हुन्छ ।

आश्चर्यको कुरा यी बैगा जनाजातिहरु अरु समुदायका मानिससँग धेरै घुलमिल हुन चाहादैनन् । उनीहरु टाढै बस्न रुचाँउछन् । सामाजिक परम्परा पुरा गर्न दुलाहाले आफ्नी दुलहीलाई समातर ल्याएर आफ्नो औठी लगाइदिन्छन् । यो समुदायमा अल्कोहलको सेवन गर्नु धेरै आवश्यक हुन्छ । कुनैपनि मानिसको निधन भएमा कुल देवता रिसाएको कारण हो भन्ने बैगा वासिहरुको मान्यता रहेको छ । एजेन्सी

(https://veroinn.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?