बामदेव गौतमलाई अर्को ढोका बन्द

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
बामदेव गौतमलाई अर्को ढोका बन्द

सारांश

  • काठमाडौँ, २९ पुस ।
  • नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई अर्को धक्का लागेको छ ।
  • बाम गठबन्धनभित्र गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने बहस चलिरहेको बेला उनका लागि यो ढोका पनि बन्द भएको छ ।

काठमाडौँ, २९ पुस । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई अर्को धक्का लागेको छ । बाम गठबन्धनभित्र गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने बहस चलिरहेको बेला उनका लागि यो ढोका पनि बन्द भएको छ ।

नेकपा एमालेको शुक्रबार राजधानीमा बसेको सचिवालय बैठकले राष्ट्रिय सभा उम्मेदवार चयन गर्दा स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका तथा समानुपातिक सूचीमा नाम समावेश भएकालाई उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ । छ वटामध्ये यो मापदण्डले गौतमलाई राष्ट्रिय सभामा जान रोक लगाएको हो ।

बाम गठबन्धनमा भूमिका खेलेको भन्दै एमालेका उपाध्यक्ष गौतम र माओवादीका नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लैजानुपर्ने तर्क गठबन्धनभित्र चल्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?