अस्पतालमा गाेली चल्याे, डाक्टर सहित ४ जनाकाे मृत्यु
सारांश
- ४ मंसिर, काठमाडौं ।
- अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ ।
- स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो ।
४ मंसिर, काठमाडौं । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र बन्दुकधारी स्वयं छन् । नाम नखुलेका गनम्यानले ३ जनाको हत्यापछि आफैंलाई गोली हाने या प्रहरीको गोलीले उनी मारिए भन्ने नखुलेको बीबीसीले लेखेको छ ।
मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर, उनले गोली नै किन हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।अमेरिकाका लागि गोली चलाउने घटना टाउको दुखाइको विषय बन्दै गइरहेको छ । केही महिनाअघि मात्रै अमेरिकाको एक विद्यालयमा गोली चल्दा कैयनको ज्यान गएको थियो । त्यसपछि व्यक्तिगत हतियार राख्न पाउने नियममा पुनर्विचार गर्नुपर्नेबारे बहस चल्दै आएको छ ।
प्रतिक्रिया