हेर्नुहोस् निधी र महतो विच मच्चियो यस्तो खैलाबैला ! ‘ निधी विरामी भएकाले पछि हट्ने तयारी’
सारांश
- काठमाडौं ,११ मंसिर ।
- पहिलो चरणको चुनाव सकिएलगत्तै दोस्रो चरणको चुनावका लागि दलहरु नयाँ रणनीति बन्ने भएको छ ।
- नेपाली कांग्रेस र राजपाले मधेसमा नयाँ रणनीति अख्तियारी गरेकाछन् ।
काठमाडौं ,११ मंसिर । पहिलो चरणको चुनाव सकिएलगत्तै दोस्रो चरणको चुनावका लागि दलहरु नयाँ रणनीति बन्ने भएको छ । नेपाली कांग्रेस र राजपाले मधेसमा नयाँ रणनीति अख्तियारी गरेकाछन् ।
प्रदेश नम्बर २ मा नयाँ रणनीतिसहित अघि बढ्ने छलफल सुरु भएको छ । उच्च तहका उम्मेदवारका कारण नै चुनावी तालमेलमा सकस भइरहेका बेला धनुषामा नयाँ रणनीति बनाएर जानेमा छलफल सुरु भएको छ ।
धनुषा क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका कांग्रेसका नेता विमलेन्द्र निधी र राजपाका अध्यक्ष मंडलका सदस्य राजेन्द्र महतो प्रतिस्प्र्धामा छन् । दुई मध्ये एकजना पछि हट्ने र अर्कोलाई समर्थन गर्ने विषयमा कांग्रेसभित्र छलफल सुरु भएको छ ।
दोस्रो चरणको चुनावमा तालमेल गर्ने रणनीति बनाइरहेको टोलीले पार्टीभित्र त्यो प्रस्ताव ल्याएको हो । महतो र निधी मध्ये एक जनालाई राष्ट्रिय सभामा लैजाने गरि छलफल सुरु भएको छ ।
तर, तत्काल पछि हट्न दुइलेनै मानेका छैनन । संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस तयार भए तालमेल गर्न सकिने बताए । निधी र महतो मेल नखाए पछि विगतको चुनावी एकतामा खैलाबैला मच्चिएको थियो ।
नीधिलाई निर्वाचन जित्न गाह्रो छ । उहाँ विरामी पनि भएकाले पछि हट्ने तयारी रहेको कांग्रेसका एक नेताले न्यूज अभियान डट कमलाई बताए । उनलाई माथिल्लो शभामा ल्याउने गरि सहमती हुने तयारी भएको छ ।
राजपा र केही विषयमा कांग्रेस पछि हट्यो भने तालमेल हुनसक्ने बताए । राजपा र कांग्रेसबिच चुनावी तालमेल गरेर उक्त क्षेत्रबाट साझा उम्मेदवार बनाउने विषयमा लामो बहस भए पनि निधी र महतोले अडान नछोडेपछि दुवै शीर्ष नेता उम्मेदवार बनेका थिए ।
निधीले भने महतोले अडान नछाडेका कारण तालमेल हुन नसकेको र आफुलाई महतो छेड्न तयार भए अरु विषयमा कांग्रेस सम्झौता गर्न तयार रहेको बताए ।
अस्पतालमा रहेका निधीले आफु प्रतिनिधीसभाबाटै आउन चाहेको पनि बताए । दुई नेताको जुँगाको लडाईले धार्मिक, ऐतिहासिक र पौराणिक महत्व बोकेको जनकपुरधाम अहिले राजनीतिकले तातेको छ ।जनकपुर उपमहानगरपालिकाको २५ वटा वडामध्ये १५ वटा वडा सोही क्षेत्रमा रहेका छन् ।
ती वडामध्ये अधिकाँशमा राजपा नेपाल नै जितेका छन् । १५ वडामध्ये नौवटा वडा राजपा नेपालले जितेका छन् भने काँग्रेसले चार र एमालेले दुईवटा वडा जितेका छन् । सोही निर्वाचन क्षेत्रमा वाम गठबन्धनको तर्फबाट जुली महासेठले प्रतिस्पर्धा गर्ने भएकी छन् । जुली एमाले नेता रघुबीर महासेठकी पत्नी समेत हुन् ।
तालमेलमा सकस
महोत्तरी ३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ ।
क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् ।त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् ।
संविधान संशोधनका लागि मधेसमा भोट माग्दै गरेका राजपा र फोरमका संयुक्त उम्मेदवारहरू त्यही मुद्दा उठाएर मधेस छिरेको कांग्रेससँग प्रतिस्पर्धारत हुँदै गर्दा लोकतान्त्रिक धुरीको मत विभाजित हुने प्रस्ट देखिएको छ ।
Santosh Dahal
Bimalendra nidhi xoder rajendra mahato xannu janakpur ko matra na bhai sampurna 2 no pradesh ko janta ko lagi ghat hunexa….aash garu janakpur ko janta le sabai 2 no pradesh ko janta ko bhawana mutabik neta chunnexan…..hami lai madheshi or pahadi ko neta chahiya hoina….hami lai madhesi pahadi 2 samudaya le nata manna sakne sajha neta chahiya ho…..Bimalendra nidhi jindabad. …ma pahadi samudaya ko malai Bimalendra nidhi lai neta manna kunai sanchok xaina….yaha bujhnu parne kura k bhane 1 pahade lai madheshi samudaya ko Bimalendra nidhi lai neta manna kunai problem xaina bhane Bimalendra ko alternative rajendra mahato hunai sakdainan….hami lai hamro samaj jodnu xa tutaunu xaina…samaj jodne kam madhesh ko ganesh man mahindr narayan nidhi ko xoro le matra garna sakxa ..so vote 4 Bimalendra nidhi…..
Gb Chettri
यी दुबै जना नालायक हुन जन्ताका लागि तेसैले यिदुवै बाइ काड।
Madan Oli
juli le jitxin
Saila Lama
E duitai vartia pratinidhi Hun