बिजुलीबजार सरे पूर्वयुवराज पारस, अनि हिमानी ?
सारांश
- काठमाडौं, २६ साउन ।
- मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार नजिक रहेको विजुलीबजारको एउटा अपार्टमेन्टमा पूर्वयुवराज पारस शाह बस्न थालेका छन् ।
- परिवारसँगै निर्मलनिवासमा बास नपाएका उनी ‘पुरानो मनकामना हल’ भएको स्थानमा बनेको अपार्टमेन्टको दोस्रो तल्लामा बस्न थालेका हुन् ।
काठमाडौं, २६ साउन । मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार नजिक रहेको विजुलीबजारको एउटा अपार्टमेन्टमा पूर्वयुवराज पारस शाह बस्न थालेका छन् ।परिवारसँगै निर्मलनिवासमा बास नपाएका उनी ‘पुरानो मनकामना हल’ भएको स्थानमा बनेको अपार्टमेन्टको दोस्रो तल्लामा बस्न थालेका हुन् ।
थाइल्यान्डबाट नेपाल फर्किएपछि स्थायी बासका लागि निर्मलनिवासमा प्रवेश नपाएका उनी लामो समय धापासीको अपार्टमेन्टमा बस्ने गर्दथे । स्वभाव र व्यवाहारमा पूर्ण परिवर्तन नआएसम्मका लागि उनलाई निर्मलनिवासमा रोक लगाइएको बताइन्छ । यद्यपि पारिवारिक कार्यक्रम र धार्मिक अभियानमा भने पूर्वराजा ज्ञानेन्द्र शाहसहित शाही परिवारमा उनको उपस्थिति देखिन थालेको छ ।
पूर्वयुवराज्ञी हिमानी शाहलाई माताले पतिसँग बस्नका लागि अझै केही समय रोकेका कारण पारसले निर्मलनिवासमा बास नपाएको बताइन्छ ।बिजुलीबजारमा बस्ने गरेका उनका खास सहयोगीचाहीँ छैनन् । एक्लै बस्नेगरेका पारसका लागि हनुमानस्थानमा रहेको साधारण रेस्टुरेन्ट ‘बिहानी’बाट उनको अपार्टमेन्टमा खाना जाने गरेको छ । विहानबेलुका प्रायः सोही रेस्टुरेन्टको खाना खाने गरेका उनी दिनभर भने विभिन्न भेटघाटमा व्यस्त हुन्छन् ।
उनका लागि कुनै खास र विशेष सुरक्षा पनि छैन । केही युवाहरू उनीसँगको संवादका लागि आइरहेका हुन्छन्, अति साधारण हिसाबले उनको दिनचर्या बित्ने गरेको छ ।पछिल्लो समय हिन्दू राज्यका लागि अभियान चलाउँदै आएको शिव सेना नेपालका पदाधिकारी, हिन्दु समाजमा सक्रिय युवाहरूसँग उनी अभियानको योजना बनाइरहेका भेटिन्छन् । त्यसबाहेक उनको समय खाने, पिउने र मोजमस्ती गर्नेमा नै वित्ने गरेको जानकारहरू बताउँछन् ।पछिल्लो समय २३ असारमा बाबु ज्ञानेन्द्रको जन्मदिन मनाउनका लागि नेपालगञ्ज पुगेका पारस परिवारसँग त्यहि बसेका थिए । नेपालगञ्जस्थित सोल्टी होटलमा बसेपनि पत्नी हिमानीसँग उनको बास हुन सकेको थिएन ।
पारस नेपाल फर्किएको तीन महिना वितिसकेको छ । परिवारका सबै सदस्य थाइल्यान्ड गए पनि उनलाई लगिएको छैन । निर्मलनिवास स्रोतका अनुसार थाइल्यान्डका लागि पारसलाई प्रतिबन्ध गरेका कारणले पनि परिवारसँग नलगिएको हो । पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल, युवराज्ञी हिमानी, छोराछोरीहरू हृदयेन्द्र, पूर्णिका, कृतिका र ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना बैंकक पुगेका थिए ।
एक त हिमानीसँग सम्बन्ध विग्रनुको खास कारण पारसको व्यक्तिगत चरित्र नै मानिन्छ । हिमानीले बैंकक जेलबाट छुटाउनका लागि निक्कै खटिएकी थिइन् । दुई बीचको सम्बन्धमा तेस्री युवती कन्निकाको प्रवेशपछि पारसले देश छाडेका थिए । सो सँगै चरेश, गाजा प्रकरणका दोषीमात्र भएनन्, बैंकक जेलमा समेत बस्नुपरेको थियो ।पछिल्ला दिनमा छोराछोरी र परिवारका सदस्यसँग सम्बन्ध सुधार भए पनि पत्नीसँग उनको ‘सहवास’ हुन नसकेको बताइन्छ । यसको खासकारण माता सविता सरु हुन् ।
सविता सरुले ग्रहदशा बिग्रिएकाले पारस र हिमानीलाई सँगै नबस्न सुझाएकी थिइन् । त्यही सुझाबअनुसार उनीहरू एकसाथ नबसेको दरबार निकट स्रोत बताउँछ ।निर्मल निवासलाई थरि–थरि मान्छेले दिने अनेकथरि सुझावका कारण पनि परिवारसँग पारसको औपचारिक मिलन नभएको जानकारहरू बताउँछन् । पारसका मित्र प्रभञ्जन सिंहले थरीथरीका सुझावहरू दरबारमा गइरहेकाले पनि राजपरिवारका सदस्यहरूबीच बेमेल भएको बताए । माताहरूले पारस र हिमानी छुट्टाछुट्टै बस्न भनेको दुई वर्ष बितिसक्यो ।
पारस काठमाडौं फर्किएपछि हिमानीसँग उनको पटक–पटक भेट त भएको छ । तर, बोलचालचाहीँ हुन सकेको छैन । ६ असार ०७४ मा पारस र हिमानी सँगै नर्भिक अस्पताल पुगेका थिए ।गएकै बर्ष छोरा हृदयेन्द्रको व्रतबन्ध, यसै बर्ष त्रिशरा रेस्टुरेन्टमा पारिवारिक रात्रीभोज, गएको असारमा नेपालगञ्जमा भएको पूर्वराजाको जन्मोत्सवमा पनि दुवैको भेट भयो । त्यसपछि भने भेट हुन सकेको छैन ।
Krishna Chapagain
Santi miloss yuvarajlai
Tara Rana
Ke ko purba raja purba gunda bhanda thik huntheyo ki justo laagxa hoina ra.
Tej Udin Shrestha
BAL matlab jo jta sareni..
Bhim Tmg
Ok xa t
Min Lama
त्यसोभए अब पारस त्यही माता सरुसँग बस्नु उनी पनि बस्न नमाने पशुपतिको नाङ्गो धतुरे बाबाहरुसँग बसेर भाङ,गाँजा तानेर त्यही बस्नु!!