जहाज आए, पाइलट आएनन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
जहाज आए, पाइलट आएनन्

सारांश

  • नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् ।
  • फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना विमान वाई १२ ई लाई मंगलबार जहाज चिनियाँ सरकारी एजेन्सी एभिक इन्टरनेसनल र काठमाडौंस्थित चिनियाँ दूतावासले एक समारोहबीच नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गर्‍यो ।
  • तर, चिनियाँ विमान उडाउने निगमले यी सबै जहाजलाई नियमित व्यावसायिक उडानमा ल्याउन सकेको छैन ।

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् ।

फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना विमान वाई १२ ई लाई मंगलबार जहाज चिनियाँ सरकारी एजेन्सी एभिक इन्टरनेसनल र काठमाडौंस्थित चिनियाँ दूतावासले एक समारोहबीच नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गर्‍यो । तर, चिनियाँ विमान उडाउने निगमले यी सबै जहाजलाई नियमित व्यावसायिक उडानमा ल्याउन सकेको छैन ।

निगमका अनुसार, प्रशिक्षक पाइलट, क्याप्टेन, स्पेरपार्टस्, महँगो बिमा, निगमकै कमजोर व्यवस्थापन चिनियाँ विमानले बेहोर्दै आएका प्रमुख समस्या हुन् ।

सडक सञ्जालसँग नजोडिएका दुर्गम र हिमाली भेगका नागरिकलाई सेवा पुर्‍याउने उद्देश्यले नेपाल सरकारले २०७० मंसिरमा ६ वटा विमानका लागि चीन सरकारसँग सम्झौता गरेको थियो ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?