राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ – मुख्यमन्त्री राई

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
५४ पटक हेरिएको
Shares
राष्ट्रिय एकता जोगाउने शिक्षा चाहिन्छ – मुख्यमन्त्री राई

सारांश

  • विराटनगर, ११ चैत , प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ ।
  • मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै उहाँले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।
  • नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश नं १ सिक्किम, पश्चिम बंगाल र विहारसँग जोडिएकाले भारतका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

विराटनगर, ११ चैत , प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्ने शिक्षाको आवश्यकतामा जोड दिनुभएको छ ।

मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको आज उद्घाटन गर्दै उहाँले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश नं १ सिक्किम, पश्चिम बंगाल र विहारसँग जोडिएकाले भारतका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

सांसद शिवकुमार मण्डलले नागरिकलाई आत्मनिर्भर बनाउने शिक्षा नीतिको खाँचो छ भन्नुभयो ।

मोरङको कटहरी–१ स्थित तीन कठ्ठा १५ जग्गामा निर्मित उक्त विद्यालय रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । बा¥ह हजार वर्गफिटमा नवनिर्मित दुई तल उक्त भवनमा कार्यालय कक्ष, शिक्षक शिक्षिका कक्ष र शौचालयबाहेक १४ वटा कक्षा कोठा रहेका छन् ।

कक्षा ७ सम्म अध्यापन हुने यस विद्यालयमा २६३ विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय भवन निर्माणका लागि यस क्षेत्रका उद्योगी तथा व्यापारीले सहयोग गर्नुभएको थियो ।

पशुपति शिक्षा प्रसार समिति नेपालले मुलुकभरि ३५ विद्यालय निर्माण गरी दुई हजार ५०० छात्र र तीन हजार ५०० छात्राको पठनपाठनको व्यवस्था गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेस पदाधिकारी बैठकको निर्णय
सम्मानजक संख्याका साथ सरकारमा जाने कांग्रेस पदाधिकारी बैठकको निर्णय
  खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
  खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा
ओलम्पिकको एसिया छनोटका लागि महिला फुटबल टाेलिकाे घोषणा
डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
Very best Mac Anti virus For Spyware and Protection
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
अन्ततः पछि हटे काठमाडौंका मेयर शाक्य, यसरी बन्ने भयो रानीपोखरी ?
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण: ऊर्जा व्यापारमा ऐतिहासिक सहमति
श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता
श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल बन्यो समूह विजेता
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द