‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

सारांश

  • चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र शब्दको आविस्कार कम्युनिस्टहरुले गरेको दावी गर्दै यसको प्रयोग गर्ने अधिकार कांग्रेसलाई नभएको बताएका छन्।
  • कांग्रेसले नेतृत्व गरेको सरकारमा बिना विभागीय मन्त्रीहरुसहित रहेको माओवादी केन्द्रले वामपन्थी गठबन्धनबाट उम्मेदवारी दिएपछि चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो शब्द नै बेठिक भएको छ।
  • हाम्रो वामपन्थी र उनीहरुको लोकतान्त्रिक गठबन्धन भन्ने शब्द मिलेकै छैन।

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्र शब्दको आविस्कार कम्युनिस्टहरुले गरेको दावी गर्दै यसको प्रयोग गर्ने अधिकार कांग्रेसलाई नभएको बताएका छन्।

कांग्रेसले नेतृत्व गरेको सरकारमा बिना विभागीय मन्त्रीहरुसहित रहेको माओवादी केन्द्रले वामपन्थी गठबन्धनबाट उम्मेदवारी दिएपछि चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो शब्द नै बेठिक भएको छ। हाम्रो वामपन्थी र उनीहरुको लोकतान्त्रिक गठबन्धन भन्ने शब्द मिलेकै छैन।’

‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो। कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’, उनले भने, ‘लोकतन्त्रको कुरा गर्ने हो भने यो शब्दको आविस्कार हामी कम्युनिस्टले  गरेका हौँ। लोकतन्त्र शब्दको प्रयोग गर्ने अधिकार कांग्रेसलाई छैन, प्रजातन्त्र नै प्रयोग गरे हुन्छ।’

उनले गिरिजाबाबुले मृत्युशैय्यामा रहँदा देशको जिम्मा कांग्रेसलाई हैन तपाईँलाई दिएर जाँदैछु भनेको स्मरण गरे।

उनले मदन भण्डारीलाई पनि स्मरण गर्न छुटाएनन्। मदन भण्डारीको जेठ ३ गते हत्या भएको तर जेठ ११ गते उनी र आफू बीचमा रातभर बसेर छलफल गर्ने तय भएको इतिहास उनले सुनाए। ‘त्यो डिनर मिटिङ भएको भए के हुन्थ्यो होला कम्युनिस्ट आन्दोलन’, उनले सोधे।

अहिले ओली र आफूलाई इतिहासले भूमिका दिएको र नेपालबाट विश्वलाई नयाँ विचार तथा नयाँ भविष्य अनि नयाँ उज्यालो दिएर जानुपर्छ भन्ने संकल्प गरेकाले मदन भण्डारीको सपना पूरा गर्ने बेला आएको उनले बताए।

‘धेरै जिल्लामा साथीहरुले रोएर हाम्रो जिल्लामा आइदिनुस् भनेका थिए’, उनले भने, तर मैले जीवनको उत्तरार्द्धमा जसले हुर्कायो, जहाँका जनताले अगाडि बढायो त्यहीँ आउन चाहेँ।

चितवनमा सबै मिलेर आफूलाई हराउने कुरा पनि सुनाएको भन्दै उनले आफू चितवनकै जनताबाट निर्वाचित हुन चाहेको बताउँदै भने, ‘यदि पराजित गरे म स्वीकार गर्छु।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोलिटेक्निक इन्स्टिच्युटमा पढाई शुरु
पोलिटेक्निक इन्स्टिच्युटमा पढाई शुरु
विप्लवकाे राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित
विप्लवकाे राप्ती बन्दले रोल्पाको जनजीवन प्रभावित
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
प्रचण्डले एक गिलास खाँदा हिसिलाले दुई गिलास रित्याइदिने !
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा
भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ ।  ; एमाले’
कांग्रेससँग एक्लै जित्ने आत्मबल छैन ‘मधेस कांग्रेसप्रति आक्रोश छ । ; एमाले’
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित
म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष
कोशीमा भएको फ्लोर क्रस गम्भीर र चिन्ताजनक भएको गठबन्धनकाे निष्कर्ष

तपाईंले छुटाउनुभयो कि?