दाङमा खुमबहादुर खड्कालाई भगवान मान्थे

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • दाङ – ‘सम्मानित सर्वोच्च अदालतसामु हाजिर हुन आएको छु र म जेल जाँदैछु,’ भ्रष्टाचार अभियोगमा जेल जानुअघि खुमबहादुर खड्काले सर्वसाधारणलाई भनेका थिए, ‘तर, मलाई भोलिका दिनले याद गर्नेछन्।
  • ’ आफू यातायातमन्त्री छँदा सडक पूर्वाधार विकासमा गरेको योगदानको फेहरिस्त सुनाउँदै उनले भनेका थिए, ‘छिन्चु–जाजरकोट, सुर्खेत–दैलेख, सल्यान–मुसीकोट, कटारी–ओखलढुंगालगायत सडकको विकासले मेरो याद गराइरहनेछ।
  • ’ विकाका लागि सधैं समर्पित रहेका नेता खड्काको शुक्रबार निधनभएसँगै  उनलाई जनताले विकासप्रमी नेताका रूपमा स्मरण त गरिरहेकै छन् तर   अभावको महसुस सबैभन्दा बढी उनको गृहजिल्ला दाङले गरिरहेको छ।

दाङ – ‘सम्मानित सर्वोच्च अदालतसामु हाजिर हुन आएको छु र म जेल जाँदैछु,’ भ्रष्टाचार अभियोगमा जेल जानुअघि खुमबहादुर खड्काले सर्वसाधारणलाई भनेका थिए, ‘तर, मलाई भोलिका दिनले याद गर्नेछन्।’ आफू यातायातमन्त्री छँदा सडक पूर्वाधार विकासमा गरेको योगदानको फेहरिस्त सुनाउँदै उनले भनेका थिए, ‘छिन्चु–जाजरकोट, सुर्खेत–दैलेख, सल्यान–मुसीकोट, कटारी–ओखलढुंगालगायत सडकको विकासले मेरो याद गराइरहनेछ।’

विकाका लागि सधैं समर्पित रहेका नेता खड्काको शुक्रबार निधनभएसँगै  उनलाई जनताले विकासप्रमी नेताका रूपमा स्मरण त गरिरहेकै छन् तर   अभावको महसुस सबैभन्दा बढी उनको गृहजिल्ला दाङले गरिरहेको छ।

घोराही उपमहानगरपालिका ५ धर्ना गाउँमा गत मंसिरमा चुनावी प्रचार गर्न पुगेका कांग्रेसका प्रदेशसभा उम्मेदवार जानकीलाल बस्नेतलाई एक वृद्ध मतदाताले भनेकी थिइन्, ‘खुमबहादुरजस्तै नेता बन्नु ।’ बस्नेतले जवाफ दिएका थिए, ‘म पनि खुमबहादुर दाइकै कार्यकर्ता हुँ, उहाँजस्तै नेता बन्ने संकल्प गरेको छु।’

धर्नाकी ती महिलाले खुमबहादुर खड्काको नाम जोडेर बस्नेतलाई दिएको आशिर्वादकाा दुई महत्वपूर्ण कारण थिए । पहिलो, खुमबहादुरले धर्नामा गरेको अपत्यारिलो विकास। दोस्रो, उनले कार्यकर्तालाई कहिल्यै बिर्सन जानेनन्। ‘उहाँ आएपछि हामीहरू सबैलाई चिनिहाल्नु हुन्छ,’ ती महिलाले भनिन्, ‘उहाँ धर्नाका लागि त भगवानसरह नै हो।’

बबई नदीपारिको धर्ना गाउँका लागि बबई नदी जहिल्यै अभिसाप बन्दै आयो। पुलविहीन बबई वारपार गर्ने एउटामात्रै साधन थियो डुंगा। नदीमा डुंगा नघोप्टिएको कुनै बर्खा नै रहेनन्। बर्सेनि एकदुईजनाले बबईमा देहत्याग गर्नुपर्ने कहालीलाग्दो अवस्थाबाट धर्नावासी गुज्रँदै आएका थिए। उनै खड्का धर्ना गाउँलेका लागि संरक्षणकर्ता बनिदिए। बबईमा पक्की पुल निर्माण गराइदिएका खड्का धर्नावासीका नजरमा सधैंका  लागि विकासप्रेमी नेता बनिदिए। ‘प्रत्येक बर्खामा एकदुईजना बबईमा बग्दै आएका थिए,’ स्थानीय विष्णुमणि दाहालले भने, ‘नेता (खुमबहादुर) ज्यूले पुल हालिदिएपछि हामी जोगियौं।’ धर्नामा सडक सञ्जाल पु¥याउने खुमबहादुरको गुणलाई स्थानीयले भुलेका छैनन्। पैदल हिंडेर सदरमुकाम घोराही आउन बाध्य धर्नावासीलाई यातायात सेवाको अनुभूति पनि उनैले दिलाएका थिए। विद्युत्, खानेपानीलगायत विकासका महत्वपूर्ण पूर्वाधार व्यवस्थापन गरिदिएका खड्का धर्नावासीका लागि विकासका ‘पर्याय’ भनेर चिनिँदै आए। खड्का शुक्रबार सधैंका लागि अस्ताए। ‘यातायातमन्त्री हुँदा उहाँले गरिदिएको विकास हामीहरूका लागि कहिल्यै बिर्सन नसक्ने गुण सावित भइदियो,’ दाहाल भन्छन्, ‘धर्नाका लागि उहाँजस्तो विकासप्रेमी नेता अब सायद जन्मिने छैनन्।’ धर्ना गाउँ खड्काको जन्मथलो हो । यो गाउँ उनको निधनका कारण शोकमा डुबेको छ। स्थानीय सुरवीर ओली खड्काका छिमेकी मात्रै थिएनन्, उनका संरक्षककै भूमिकामा रहँदै आए। बाल्यकालमा खड्काको स्याहारसुसार गरेका ओलीले खड्काको निधन भएको शनिबारमात्रै थाहा पाए। खबर सुन्नासाथ उनले मन थाम्न सकेनन्। आँसु झार्दै भने, ‘भेट्न आउँछु भन्थे, अब कहिल्यै नआउने गरी गएछन्।’ स्थानीय प्रेमा ओली खड्कालाई भूमिगत भएका बेला  खाना पु¥याइदिन जंगलसम्मै पुग्थिन् । ‘कसैले देख्ला र मार्ला भन्ने डरले लुकेर जंगलमा खाना लगिदिन्थे,’ उनले भावुक हुँदै भनिन्, ‘त्यस्तो भगवानजस्तो मान्छे पनि मर्दा रैछन्।’

धर्नामा मात्रै हैन, जिल्लाको समग्र विकासमा उल्लेख्य योगदान पु¥याएका खड्काको निधनले विकासका धरोहर नै ढलेको आभास दंगालीले गरेका छन् । खड्का जहिल्यै मुलुक परिवर्तनको सपना देख्थे। अनि विकास र परिवर्तनकै लागि लड्न आफ्ना कार्यकर्तालाई ऊर्जा प्रदान गर्ने हक्की नेता थिए उनी। ‘उहाँ विकासको पर्याय हो, खुमबहादुरबिना दाङ विकासको परिकल्पनासम्म गर्न सकिँदैनथ्यो,’ कांग्रेसका पुराना नेता वीरकेशरी गौतम सम्झन्छन्, ‘अहिले दाङमा कालोपत्रे भएका सबै सडक उहाँले नै खोलेका ट्रयाक हुन्।’

२०४१ मा ९ महिना खुमबहादुरसँगै जेल बसेका गौतमले जेलमै खड्काले गरेको विकास चिन्तन सम्झेर अचम्म मान्छन्। गिरिजाप्रसाद कोइरालाको दाङ आउने कार्यक्रम तय भएको थियो। खड्का, गौतमलगायत कार्यकर्ता कोेइरालाको कार्यक्रमका लागि अनुमति माग्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए। तर, प्रशासनले उनीहरूलाई नियन्त्रणमा लियो। ९ महिनासम्म उनीहरू जेल बसे। ‘उहाँले जेलमा जहिल्यै बहुदल पुनसर््थापनाको चिन्ता मात्रै गर्नुहुन्थ्यो,’ गौतम सम्झन्छन्।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    वेलशन बाबु रायमाझी

    Rip

    Comment Author

    Sunuwar Ujit

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?