पेरुका पूर्वराष्ट्रपतिद्धारा आत्महत्या,यस्तो रहेछ कारण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
पेरुका पूर्वराष्ट्रपतिद्धारा आत्महत्या,यस्तो रहेछ कारण

सारांश

  • पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्।
  • आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्‍याइएको थियो।
  • बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका हुन्।

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले घुस लिएको आरोपमा पक्राउ गर्न आफ्नो निवासमा प्रहरी पुगेपछि गोली हानी आत्महत्या गरेका छन्।आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पुर्‍याइएको थियो।बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गरेका हुन्।घटना भएको थाहा पाएपछि उनका समर्थकहरू अस्पतालबाहिर जम्मा भएका थिए। प्रहरीले उनीहरूलाई अगाडि बढ्नबाट रोकेका थिए।

गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओडुब्रेस्टबाट घुस लिएको आरोप लाग्दै आएको थियो। उक्त आरोप उनले अस्वीकार गर्दै आएका थिए।सो आरोपको सम्बन्धमा उनलाई पक्राउ गर्न प्रहरी अधिकारीहरूलाई पठाइएको थियो।पेरुका आन्तरिक मामिलामन्त्री कार्लोस मोरानले पत्रकारहरूलाई बताए अनुसार उनको निवासमा प्रहरी पुग्दा फोन गर्न भन्दै एउटा कोठामा गएर उनले ढोका बन्द गरेका थिए।

त्यसको केही मिनेटमा गोली चलेको आवाज आयो। प्रहरीले ढोका खोल्दा टाउकोमा गोली लागेको अवस्थामा उनी कुर्सीमा बसिरहेका थिए।त्यसपछि लिमास्थित एउटा अस्पताल पुर्‍याइयो जहाँ उनको शल्यक्रिया भयो, तर उनी बाँच्न सकेनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली
अभिनेत्री केकी अधिकारी चढेको जीप दुर्घटना
अभिनेत्री केकी अधिकारी चढेको जीप दुर्घटना
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी
पाँचौ जिल्ला स्तरिय तेक्वान्दो खेलमा शहिद स्मृतीलाई उपाधी
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
नेपाली आकाशमा थपिँदै नयाँ हेलिकोप्टरः लगानी विस्तार गर्दै सेवाप्रदायक कम्पनीहरु
सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा
सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा
मध्यराति अपरिचित व्यक्तिद्वारा घरमै कुटपिट : ससुराकाे मृत्यु, बुहारी लक्ष्मी घाइते
मध्यराति अपरिचित व्यक्तिद्वारा घरमै कुटपिट : ससुराकाे मृत्यु, बुहारी लक्ष्मी घाइते
सुनको मुल्य घट्दै, १ लाख १६ सयमा कारोबार
राष्ट्रिय अवार्ड पाएपछि स्वस्तिमाको अभिनय कमजोर
राष्ट्रिय अवार्ड पाएपछि स्वस्तिमाको अभिनय कमजोर

तपाईंले छुटाउनुभयो कि?