नेपाल लाइफको बीमा शुल्क कनेन्ट आइपिएसबाट भुक्तानी गर्न सकिने
सारांश
- विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत भुक्तानी सुविधा दिदै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) अब कनेन्ट आइपिएसबाट पनि तिर्न सकिने भएको छ ।
- कनेन्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत् घरमै बसीबसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने नेपाल लाइफले जनाएको छ ।
- नेपाल लाइफको विभिन्न शाखा/उपशाखामा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीलाई कनेन्ट आइपिएसबाट अनलाइन भुक्तानी गर्दा समयको बचन हुनुका साथै सहज पनि हुने कम्पनीको भनाई छ ।
विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत भुक्तानी सुविधा दिदै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) अब कनेन्ट आइपिएसबाट पनि तिर्न सकिने भएको छ । कनेन्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत् घरमै बसीबसी आफ्नो बीमा शुल्क भुक्तानी गर्न सकिने नेपाल लाइफले जनाएको छ ।
नेपाल लाइफको विभिन्न शाखा/उपशाखामा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीलाई कनेन्ट आइपिएसबाट अनलाइन भुक्तानी गर्दा समयको बचन हुनुका साथै सहज पनि हुने कम्पनीको भनाई छ ।
नेपाल लाइफले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेट इसेवा, प्रभु पे लगायतबाट पनि भुक्तानीको सुविधा दिइरहेको छ । त्यस्तै फोन पेमार्फत आफ्नो बैंक खाता कनेन्ट गरी र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैकिंग मार्फते पनि अनलाईन सेवा दिदै आएको छ ।
प्रतिक्रिया