१२ खर्ब लगानी प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १९, २०७६
|
|
४५ पटक हेरिएको
Shares
१२ खर्ब लगानी प्रस्ताव

सारांश

  • अघिल्लो वर्ष चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा प्रस्तृत गरिएका परियोजनामध्ये १४ वटामा ११ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गर्न प्रस्ताव तयार पारिएको छ।
  • सम्मेलनमा ५० परियोजना प्रस्तुत गरिएका थिए।
  • लगानी बोर्डको सचिवालयले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सम्मेलनमा प्रस्तुत परियोजनामध्ये १४ वटाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरी योग्य लगानीकर्ताको संक्षिप्त सूची तयार भइसकेको छ।

अघिल्लो वर्ष चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा प्रस्तृत गरिएका परियोजनामध्ये १४ वटामा ११ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गर्न प्रस्ताव तयार पारिएको छ।

सम्मेलनमा ५० परियोजना प्रस्तुत गरिएका थिए। लगानी बोर्डको सचिवालयले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार सम्मेलनमा प्रस्तुत परियोजनामध्ये १४ वटाको पूर्वयोग्यता मूल्यांकन सम्पन्न गरी योग्य लगानीकर्ताको संक्षिप्त सूची तयार भइसकेको छ।

लगानीकर्ताको संक्षिप्त सूची तयार पारिएका परियोजनामध्ये सात सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि कम्पनीसमेत छनोट भइसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।

त्यस्तै सम्मेलनपछि अनुमानित १० खर्ब ५४ अर्ब रुपैयाँ लागत भएको भेइकल म्यानुफ्याक्चरिङ तथा एसेम्ब्लिङ प्लान्ट परियोजनाका लागि कोरियाको मोट्रेक्स कम्पनीसँग लगानी सम्झौतामा पनि हस्ताक्षर भएको बोर्डले जनाएको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?