प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले प्राप्त गरेको सुशासन अवार्डमा सवा करोड थप गरी कोष गठन गरिने

सारांश

  • काठमाडौं, मंसिर १८ – एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा सरकारले त्यतिनै रकम थप गरेर कोष बनाउने निर्णय गरेको छ ।
  • अवार्ड बराबरको रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको हो ।
  •  सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको एकजना मन्त्रीले अनलाइनखबरलाई बताए ।

काठमाडौं, मंसिर १८ – एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा सरकारले त्यतिनै रकम थप गरेर कोष बनाउने निर्णय गरेको छ ।

अवार्ड बराबरको रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको एकजना मन्त्रीले अनलाइनखबरलाई बताए ।

युनिभर्सल पीस फेडरेशन नामक संस्थाले प्रधानमन्त्रीलाई एक लाख डलर बराबरको शुसासन अवार्ड प्रदान गरेको थियो । प्रधानमन्त्रीले तत्कालै सो रकम कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न प्रयोग गरिने बताएका थिए ।

प्रधानमन्त्रीकै चाहना अनुसार अलग्गै कोष खडा गरी थप एक लाख डलर अर्थात नेपाली करिब एक करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको कोष खडा गर्ने निर्णय भएको ती मन्त्रीले बताए ।

कोषबाट विपन्न तथा दलित युवा विद्यार्थीको हितमा काम गरिने भएको छ । यस्तै, मन्त्रिपरिषद बैठकले कर्मचारी समायोजन अध्यादेश पनि स्वीकृत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?