सभामुख–उपसभामुखकाे निर्वाचन ३ चैतभित्रै हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १७, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सभामुख–उपसभामुखकाे निर्वाचन ३ चैतभित्रै हुने

सारांश

  • काठमाडौं, १७ फागुन- संघीय संसद्को नियमावली नबनेसम्म बैठक सञ्चालन गर्न सचिवालयले तयार पारेको अन्तरिम कार्यविधि दलहरूलाई वितरण गरिएको छ ।
  • सोमबार बस्ने संघीय संसद्को पहिलो बैठकको कार्यसूची तथा आइतबार हुने सांसदको शपथबारे दलहरूसँग बुधबार गरेको छलफलका क्रममा सचिवालयले अन्तरिम कार्यविधि प्रस्तुत गरेको हो ।
  • संघीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका प्रतिनिधि तथा सचिवालयबीच संघीय संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको हो ।

काठमाडौं, १७ फागुन- संघीय संसद्को नियमावली नबनेसम्म बैठक सञ्चालन गर्न सचिवालयले तयार पारेको अन्तरिम कार्यविधि दलहरूलाई वितरण गरिएको छ । सोमबार बस्ने संघीय संसद्को पहिलो बैठकको कार्यसूची तथा आइतबार हुने सांसदको शपथबारे दलहरूसँग बुधबार गरेको छलफलका क्रममा सचिवालयले अन्तरिम कार्यविधि प्रस्तुत गरेको हो ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका प्रतिनिधि तथा सचिवालयबीच संघीय संसद् भवन नयाँ बानेश्वरमा छलफल भएको हो । दलहरूले प्रतिनिधिसभाको सभामुख तथा उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन मितिको कार्यतालिका तयार गर्न सचिवालयलाई भनेका छन् । राष्ट्रपतिले २१ फागुनमा संघीय संसद्को अधिवेशन आह्वान गरेकाले सचिवालयले २० फागुन अपराह्न ४ बजे प्रतिनिधिसभा सदस्यको तथा ५ बजे राष्ट्रिय सभा सदस्यको शपथग्रहणको कार्यक्रम राखेको छ । शपथग्रहण तथा पहिलो बैठकको कार्यसूचीलगायतबारे छलफल भएको सचिवालय प्रवक्ता डा. भरतराज गौतमले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

३ चैतअघि नै सभामुख–उपसभामुख निर्वाचन
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति २९ फागुनका लागि तय गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी सोमबार संघीय संसद्को पहिलो अधिवेशन आह्वान गरेकाले त्यसको १५ दिनभित्र अर्थात् ६ चैतभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष नियुक्त भइसक्नुपर्नेछ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख तथा उपसभामुख र अध्यक्ष तथा उपाध्यक्ष निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?