पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
५४ पटक हेरिएको
Shares
पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, विक्रीवितरणमा रोक

सारांश

  • पर्वत ६ माघ स् पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ ।
  • लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो ।
  • भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् ।

पर्वत ६ माघ स् पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ ।

लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् ।

गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले उत्पादन गरेको जीरा मसिनो चामलको भात बल जसरी उफ्रिएपछि स्थानीयवासी सशङ्कित बनेका हुन् । लामिछानेले केही समय पहिले स्थानीय व्यापारी लेखनाथ शर्माको उमानन्द किराना स्टोर्सबाट चामल किनेर ल्याएको र पकाएर हेर्दा भातको डल्ला परेको र प्लास्टिक जस्तो गरी उफ्रिन थालेको उनले बताए ।उनका अनुसार अरुबेला खाना बनाउँदा केही समस्या नभए पनि यो चामल भने ढिलो पाक्ने र खानाको स्वाद अर्कै आएकाले डल्ला पारेर उफ्रिएपछि शङ्का लागेको बताए ।

आज बिहान यस्तो समस्या देखेपछि उहाँले तत्कालै जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य सङ्घलाई खबर गरेका थिए । खबरपश्चात पुगेको टोलीले अनुगमन गरी उक्त चामललाई खाद्य तथा गुणस्तर विभागमा अनुसन्धानका लागि पठाउने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीले जानकारी दिए । शङ्कास्पद भेटिएपछि उक्त ब्राण्डको चामल कुश्माबजारमा विक्रीका लागि रोकसमेत लगाइएको छ । २५ किलोग्राम तौलको बोरामा यस्तो समस्या देखिएको हो ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड
राष्ट्रपति भेटेर खुमलटारतिर गए प्रचण्ड
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
इजरायलबाट फर्कन चाहनेलाई तत्काल उद्धार गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
किसानलाई आत्मनिर्भर बनायो उन्नत बीउबिजन कार्यक्रमले
किसानलाई आत्मनिर्भर बनायो उन्नत बीउबिजन कार्यक्रमले
यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक
यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक
चुरे र महाभारत क्षेत्रमा डढेलो लाग्ने क्रम सुरु
चुरे र महाभारत क्षेत्रमा डढेलो लाग्ने क्रम सुरु