१६८ परिवारलाई राहत सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
१६८ परिवारलाई राहत सहयोग

सारांश

  • बाजुरा, १६ मङ्सिर , बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ ।
  • गएको भदौ १ गतेको पहिरोबाट प्रभावित रिलाका १६८ परिवारलाई राहत सामग्री सहयोग गरिएको हो ।
  • ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक सामाजिक सेवामा समर्पित संस्थाले दैनिक उपभोग्य सामानदेखि चिसोमा न्यानो कपडा वितरण गरेको हो ।

बाजुरा, १६ मङ्सिर , बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गएको भदौ १ गतेको पहिरोबाट प्रभावित रिलाका १६८ परिवारलाई राहत सामग्री सहयोग गरिएको हो ।

‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक सामाजिक सेवामा समर्पित संस्थाले दैनिक उपभोग्य सामानदेखि चिसोमा न्यानो कपडा वितरण गरेको हो । सहयोगस्वरुप प्रतिपरिवारलाई २५ किलोका दरले चामल र १६८ ब्ल्याङ्केट सहयोग गरिएको वडाध्यक्ष सुरेन्द्र नाथले बताउनुभएको छ ।

पहिरोबाट प्रभावित पाउनु ओली, कलकबहादुर सिंह, जगबहादुर सिंह, गोरखबहादुर सिंह, बृखबहादुर सिंह, कलबहादुर सिंहलगायत १६८ परिवारलाई २५ किलोका दरले चामल र एक÷एक वटा ब्ल्याङ्केट सहयोग गरिएको सस्थाका अध्यक्ष भत्तराज जोशीले बताउनुभयो ।

बडिमालिकामा पहिलो पटक नगर शिक्षक

बाजुराको बडिमालिका नगरपालिकाले जिल्लामै पहिलोपटक नगर क्षेत्रका विद्यालयमा पूर्ण दरबन्दी कायम गर्ने भएको छ । नगरपालिकाबाटै सुविधा दिने गरी नगर शिक्षकको व्यवस्था गरेर सामुदायिक विद्यालयमा पूर्ण दरबन्दी कायम गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।

सङ्घीय सरकारका दरबन्दी अपुग रहेको विद्यालयमा नगरपालिकाले तलब सुविधा दिने गरी नगर स्वयंसेवक शिक्षक नियुक्ति गर्ने प्रक्रिया शुरु गरिएको नगरप्रमुख पदम बडुवालले बताउनुभयो । बडिमालिका नगरपालिकामा रहेका २५ विद्यालयमा हाल राहत अनुदान, साँवा, स्थायी गरी १३१ सङ्घीय सरकारको दरबन्दीमा रहेका शिक्षक कार्यरत छन् ।

हाल नगरपालिका क्षेत्रमा शैक्षिक उपलब्धि दर ४० प्रतिशत मात्र रहेको छ । थपिएका ४७ जनाको दरबन्दीमा पनि स्थानीयलाई र विषयगत शिक्षकलाई पहिलो प्राथमिकता दिने नगरपालिकाले निर्णय गरेको छ । नगरले राख्ने शिक्षकलाई रु १७ हजार ५०० देखि २२ हजारसम्म सुविधा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
गृहमन्त्री थापाले संसदमा पाँच वटा वार्षिक प्रतिवेदन पेस
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु
प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्य शुरु
चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा
चुकेनी जलविद्युत्ले कर्णालीको विकासमा कोशेढुङ्गा
भक्तपुरमा क्वारेन्टिनमा बसेका ८ कोरोना संक्रमित कुवेतबाट फर्किएका
भक्तपुरमा क्वारेन्टिनमा बसेका ८ कोरोना संक्रमित कुवेतबाट फर्किएका
कमल थापाको प्रस्ताव; राजादेखि विप्लवसम्मलाई समेटेर सर्वपक्षीय सम्मेलन
कमल थापाको प्रस्ताव; राजादेखि विप्लवसम्मलाई समेटेर सर्वपक्षीय सम्मेलन
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
घुस काण्डमा परेका अख्तियारका पाठकलाई अदालतमा उभ्याइयो
घुस काण्डमा परेका अख्तियारका पाठकलाई अदालतमा उभ्याइयो
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रिय बन्दै अरिङ्गालको परिकार
प्रिय बन्दै अरिङ्गालको परिकार

तपाईंले छुटाउनुभयो कि?