स्थानीय तह निर्वाचन : कसले कति जिते ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • स्थानीय तह निर्वाचन अन्तर्गत तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।
  • सबै भन्दा बढी स्थानीय तहमा जित निकाल्दै अहिलेसम्म नेपाली कांग्रेस पहिलो दल बनेको छ।

काठमाडौं। स्थानीय तह निर्वाचन अन्तर्गत तीन सय ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। सबै भन्दा बढी स्थानीय तहमा जित निकाल्दै अहिलेसम्म नेपाली कांग्रेस पहिलो दल बनेको छ।

नेपाली काँग्रेस १ सय ७९ स्थानीय तहमा विजयी भएको छ। कांग्रेसले १ सय ३४ स्थानमा अग्रता लिएको छ।

त्यसैगरी नेकपा (एमाले) दोस्रो दल बनेको छ। उसले अहिलेसम्म १ सय १३ पालिकामा विजय प्राप्त गरेको छ। एमाले ८४ स्थानीय तहमा अगाडि छ।

८२ स्थानमा विजयी भएको नेकपा (माओवादी केन्द्र)ले ३३ स्थानमा अग्रता लिएको छ। यसरी हेर्दा अहिलेसम्म कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो हुने स्पष्ट संकेत देखिएको छ।

नेकपा (एकीकृत समाजवादी)ले ६ स्थानमा जितेको छ भने १६ स्थानमा अग्रता लिएको छ। उता जनता समाजवादी पार्टी (जसपा) ६ स्थानमा विजयी भएको छ। उसले २९ ठाउँमा अग्रता लिएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अहिलेसम्म खाता खोल्न सकेको छैन। उसले विभिन्न १० पालिकामा अग्रता लिएको छ। देशभरबाट मतपरिणाम आउनेक्रम जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?