१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १५, २०७७
|
|
२० पटक हेरिएको
Shares
१६ वर्षीया नेपाली केटी फेसबुकका केटासाथी भेट्न एक्लै काठमाडौंबाट भारतको भोपाल पुगेपछि‘

सारांश

  • काठमाडौं, १५ मंसिर ।
  • केटीले फेसबुकमार्फत् केटासँग सम्पर्क बनाउँछिन् ।
  • केटी काठमाडौंकी र केटा भारतको मध्यप्रदेशस्थित सिहोरका ।

काठमाडौं, १५ मंसिर । केटीले फेसबुकमार्फत् केटासँग सम्पर्क बनाउँछिन् । केटी काठमाडौंकी र केटा भारतको मध्यप्रदेशस्थित सिहोरका । उनीहरुबीच दुईवर्षयताको सम्बन्ध निकै गाढा हुन्छ । मीठा मीठा कुरा हुन्छ । भेट्ने बाचा हुन्छन् ।

केटी केटालाई भेट्न आतुर हुन्छिन् । कोरोना भाइरसको महामारीका बीच उनी काठमाडौंबाट विमानमार्फत् भारत पुगिन् । त्यसपछि बसको यात्रामार्फत् विभिन्न शहरहुँदै शनिबार गन्तव्य पुगिन् । २० वर्षीय केटालाई भेटेपनि उनलाई भोपालको बालबालिका कल्याण कमिटीमा आइतबार पुर्याइयो ।

टाइम्स अफ इन्डियाका अनुसार आस्थाको मेडिकल स्टोरमा काम गर्ने केटाले नै प्रहरीलाई केटी पुगेको खबर गरेका थिए । उनको कोभिड १९ को परीक्षण समेत भएको र फिर्ता पठाउने पहल भएको जनाइएको छ । केटी र केटा दुवैको पहिचान खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?