युद्ध र क्रान्तिका गीत गाउने देवानले ल्याए जय गणेश…
सारांश
- काठमाडौं २५, चैत सशस्त्र द्वन्द्वको क्रममा जनवादी गीत गाउँदै हिड्ने प्रदीप देवानले अहिले आरती भजन गाएका छन् ।
- युद्ध र क्रान्ति सम्बन्धी गीत गाउने देवानले अहिले जग गणेश देव भजनका साथ उपस्थिति भएका छन् ।
- द्वन्द्वका बेला चर्चित ‘अरुण तरेर नाना तमोर तरेर’ गीतका गायक देवानले अहिले ‘जय गणेश जय गणेश देव’ बोलको गणेश आरती भजन लिएर आएका हुन् ।
काठमाडौं २५, चैत सशस्त्र द्वन्द्वको क्रममा जनवादी गीत गाउँदै हिड्ने प्रदीप देवानले अहिले आरती भजन गाएका छन् । युद्ध र क्रान्ति सम्बन्धी गीत गाउने देवानले अहिले जग गणेश देव भजनका साथ उपस्थिति भएका छन् ।
द्वन्द्वका बेला चर्चित ‘अरुण तरेर नाना तमोर तरेर’ गीतका गायक देवानले अहिले ‘जय गणेश जय गणेश देव’ बोलको गणेश आरती भजन लिएर आएका हुन् ।
द्वन्द्वको समयमा देवानले जेल जीवन समेत बिताताएका थिए । उनले गणेश आरती भजन आफ्नो सांगीतिक जीवनमा नयाँ काम भएको बताए। भजन नेपालको परम्परागत र पौराणीक संगीत भएको बताउँदै उनले नेपाली आरती भजन निकालेको बताए।
हिन्दीमा रहेको भजनलाई उनले नेपाली शब्द र लयमा गाएका छन्। गीतको शब्द अनुवाद पुरुषोत्तम सापकोटाले गरेका हुन्। उनले केही समय नेपाल टेलिभिजनमा सांगीतिक कार्यक्रम चलाएका थिए।
प्रतिक्रिया