गुल्मी सिमिचौर विमानस्थलमा जेठ २५ मा परिक्षण उडान हुने !!!
सारांश
- नव निर्मित गुल्मी सिमिचौर विमानस्थलमा जेठ २५ गते परिक्षण उडान हुने भएकाे छ ।
- लामाे समयदेखि निर्माणाधिन विमानस्थल अव पूरा भएकाेले परीक्षण पश्चात् दैनीक उडान गरीने भएकाे छ ।
- सिमिचाैरमा निर्माण भएकाे गुल्मी सिमिचौर विमानस्थलमा तारा एयरकाे टुइनटर विमानले परिक्षण उडान गर्ने भएकाे हाे ।
नव निर्मित गुल्मी सिमिचौर विमानस्थलमा जेठ २५ गते परिक्षण उडान हुने भएकाे छ । लामाे समयदेखि निर्माणाधिन विमानस्थल अव पूरा भएकाेले परीक्षण पश्चात् दैनीक उडान गरीने भएकाे छ । सिमिचाैरमा निर्माण भएकाे गुल्मी सिमिचौर विमानस्थलमा तारा एयरकाे टुइनटर विमानले परिक्षण उडान गर्ने भएकाे हाे ।
सिमिचौर विमानस्थलमा उडान सुरुु हुने बारे गुल्मी, उद्याेग वाणिज्य संघका महासचिव ताराप्रसाद भुसालका अनुसार जेठ २५ गते बिहान १० बजे परीक्षण उडान गरीने जानकारी दिदै महासचिव भुसालले कुनै कारण माैसममा खरावी भयाे भने उडान सर्न सक्ने समेत बताए ।
सिमिचौर विमानस्थलमा उडान शुरू भएपछि गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग र प्युठानका यात्रुलार्इ सेवा सुविधा हुने पनि भुसालले बताए ।
समिप गौतम
शिखर न्युुज
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया