शाहरुख खानको फिल्म ‘जिरो’ को सेटमा आगलागी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
शाहरुख खानको फिल्म ‘जिरो’ को सेटमा आगलागी

सारांश

  • काठमाडाै, १४ मंसिर।
  • शाहरुख खानको ‘जिरो’ फिल्मको सेटमा आगो लागेको छ ।
  • मुम्बईको गोरेगाउँमा ‘जिरो’ को सेटमा आगो लाग्दा अभिनेता शाहरुख खान त्यही थिए ।

काठमाडाै, १४ मंसिर। शाहरुख खानको ‘जिरो’ फिल्मको सेटमा आगो लागेको छ । मुम्बईको गोरेगाउँमा ‘जिरो’ को सेटमा आगो लाग्दा अभिनेता शाहरुख खान त्यही थिए । फिल्म ‘जिरो’ को सेटमा आगालागी भएको यो दोस्रो पटक हो । यस अघि फिल्म सिटीमा ‘जिरो’को सेटमा पनि आगोलागि सकेको थियोे । बिहीबार आगलागी हुँदा त्यस समयमा अभिनेता शाहरुख खान छायांकन गरिरहेका थिए भने बाँकी फिल्म युनिट पनि त्यहीँ उपस्थित थिए ।

साथै अभिनेत्री आलिया भट्ट पनि फिल्मको सेटमा उपस्थित थिइन् । एउटा लाईट सर्ट सर्किटका कारण आगो लागेको थियो । तर घटना घटेपनि त्यहा अहिलेसम्म कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । खबर गरे लगत्तै त्यहाँ दमकल पुगिसकेको थियो र आगो निभाउने कोसिसमा लागेको छ । आगलागी भयानक भए पश्चात् ४ वटा दमकलको गाडीहरु बोलाइएको थियो । अभिनेता शाहरुख खान भने पूर्णरुपमा सुरक्षित छन् ।

शाहरुख खानको फिल्म ‘जिरो’मा अभिनेत्री अनुष्का शर्मा र कट्रिना केफ शाहरुखको जोडीको रुपमा रहेका छन् । यो फिल्म डिसेमबर २१ अर्थात् क्रिसमसको अवसरमा प्रदर्शनमा आउनेछ । आनन्द एल रायको निर्देशन रहेको यस फिल्ममा अभिनेता शाहरुख खान एक ४० वर्षीया पुड्का व्यक्तिको भूमिकामा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?