आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
आजदेखि शहीद सप्ताह सुरु, यस्ता छन् कार्यक्रम

सारांश

  • काठमाडौं, १० माघ ।
  • आजदेखि शहीद सप्ताह सुरु भएको छ ।
  • आगामी माघ १६ गते विशेष कार्यक्रम गरी शहीद दिवस कार्यक्रम मनाइदैँछ ।

काठमाडौं, १० माघ । आजदेखि शहीद सप्ताह सुरु भएको छ । आगामी माघ १६ गते विशेष कार्यक्रम गरी शहीद दिवस कार्यक्रम मनाइदैँछ । हरेक वर्षको माघ १६ गते शहीद दिवस मनउने गरिन्छ ।

नेपालमा प्रजातन्त्र स्थापनाको लागि जीवन बलिदान गर्नेहरुको सम्झनामा मनाइने शहीद दिवसका अवसरमा एक हप्तासम्म शहीद सप्ताह मनाउने गरिएको छ । सोही अनुसार आजदेखि १६ गतेसम्म सप्ताहकौ रुपमा विभिन्न कार्यक्रम गरिन्छ ।

एकतन्त्रिय जहाँनिया राणा शासन विरुद्ध संघर्ष गर्ने क्रममा प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदको सम्झनामा सप्ताह व्यापी रुपमा शहीद दिवस मनाउने गरिएको हो ।

शहीद सप्ताहलाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । शहीद सप्ताहको पहिलो दिन आज टेकुको खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको ठाउँमा श्रद्धाञ्जली दिइएको छ ।

त्यस्तै माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुने मूल समारोह समितिले जनाएको छ ।

यस्तै माघ १६ गते सहिद दिवसका दिन, बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी हुनेछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी विहान नौ बजे सहिद स्मारक लैनचौर पुगेपछि शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात व्यवस्था विभागद्वारा  बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
यातायात व्यवस्था विभागद्वारा बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित
भीम रावलको सुरक्षामा खटिएका जवानमा कोरोना संक्रमण देखिएपनि नेकपाको स्थायी कमिटि बैठक स्थगित
भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पु-याउन सांसदको माग
भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पु-याउन सांसदको माग
एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडाैंमा हुने
एनआरएनए विश्व सम्मेलन अक्टोबर १७-२० मा काठमाडाैंमा हुने
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति
वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु
वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु
Ranveer Singh hints patch-up with her X girlfriend Husband Virat Kohli
Ranveer Singh hints patch-up with her X girlfriend Husband Virat Kohli
बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी
बिस्काः जात्रा विशेष फोटो प्रदर्शनी
छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला
छात्रालाई जिउँदै जलाउने १६ जनालाई बाङ्ग्लादेशमा मृत्युदण्डको फैसला
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै
आफैंले बनाएको ऐनविपरीत सरकारले राणाकालीन दरबार भत्काउदै

तपाईंले छुटाउनुभयो कि?