२२ रुपैयाँमा २० मिनेट भाडामा गर्लफ्रेण्ड पाइने सपिङ मल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
३४ पटक हेरिएको
Shares
२२ रुपैयाँमा २० मिनेट भाडामा गर्लफ्रेण्ड पाइने सपिङ मल

सारांश

  • संसारमा विचित्रका गतिविधि हुने गरेका छन् ।
  • यस्तै एउटा अचम्म लाग्ने मध्येको एक गतिविधि हो भाडामा उपलव्ध हुने गर्लफ्रेण्ड, त्यो पनि सपिङ मलमा ।
  • दक्षिण चीनको एउटा सपिङ मलमा २० मिनेटका लागि गर्लफ्रेण्ड भाडामा उपलव्ध गराइन्छ ।

संसारमा विचित्रका गतिविधि हुने गरेका छन् । यस्तै एउटा अचम्म लाग्ने मध्येको एक गतिविधि हो भाडामा उपलव्ध हुने गर्लफ्रेण्ड, त्यो पनि सपिङ मलमा । दक्षिण चीनको एउटा सपिङ मलमा २० मिनेटका लागि गर्लफ्रेण्ड भाडामा उपलव्ध गराइन्छ । मलले यस्तो अचम्मलाग्दो अफर ल्याएपछि अहिले त्यो सपिङ मलमा युवा ग्राहकहरुको थामिनसक्नु भीड लाग्ने गरेको छ ।

यस्तो अफर ल्याउनु अघि सामान्य किशिमले व्यापार गरिरहेको मलमा यो अफर पछि युवा ग्राहकको भीड ह्वात्तै बढेको दैनिक कारोबारमा समेत अत्याधिक वृद्धि भइरहेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । ११ फिलिपिनो पिसो अर्थात २२ रुपैयामा २० मिनेटका लागि भाडामा पाइने ती युवतीहरुसँग आफ्नै गर्लफ्रेण्डसँग जस्तै मज्जाले समय व्यतित गर्न पाइनेछ । तर युवतीहरुलाई छुन भने निषेध गरिएको छ ।

दक्षिणी चीनको हुआन सहरमा रहेको वाइटैलिटी सिटी सपिङ्ग मलमा यो अफर शुरु गरिएको हो । मलको यस्तो अफरलाई नगरबासीले निकै अनौठो र नौलो मानेका छन् । सपिङ मलको यस्तो अफरलाई अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले पनि निकै चासो दिएर समाचार संप्रेशण गरिरहेका छन् । सपिङ मलको गर्लफ्रेण्ड भाडामा पाउने अफर पछि युवा ग्राहकहरुको ठूलो भीड मलमा जम्मा हुने गरेको ती अन्तराष्ट्रिय सञ्चारमाध्मयले उल्लेख गरेका छन् ।

अहिले त्यो वाइटैलिटी सिटी सपिङ मलमा १५ जना सुन्दर युवतीहरू भाडामा राखिएको छ । मलको प्रवेशद्वारमै युवतीहरु ग्राहकको स्वागतमा लामबद्ध भएर बसिरहेका हुन्छन् । यसरी मलको प्रवेशद्वारमै बसेका ती युवतीहरुमध्येबाट ग्राहकले आफूलाई मनपरेकी एउटी युवती छनौट गरी पैसा तिरेर २० मिनेटसम्म ती युवतीसँग समय बिताउँन पाउछन् ।

सपिङ मलले उपलव्ध गराएको समयावधिमा युवतीहरुसँग सपिङ डिनर, कफी, गफगाफ गर्न सकिन्छ । तर युवतीहरुसँग रासलिला मच्चाउने सोच भने नराख्दा हुन्छ, त्यसमा भने निकै कडाई गरिएको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
धुलिखेल–खावा सडक : निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस
चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस
चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
मोदीलाई प्रचण्ड बहुमत
मोदीलाई प्रचण्ड बहुमत
एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)
एक युवतीलाई टोले गुण्डाहरुले सामुहिक घेरा हालेपछि (भिडियो सहित)
फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दैः घटेन पेट्रोलको मुल्य
फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दैः घटेन पेट्रोलको मुल्य
कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने
सन्थाल जातिको कथामा बनेको”बोनोदल”ले पायो झारखण्ड फिल्म फेस्टिबलमा छुट्टै सम्मान
सन्थाल जातिको कथामा बनेको”बोनोदल”ले पायो झारखण्ड फिल्म फेस्टिबलमा छुट्टै सम्मान
सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने
सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने
राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै
राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै

तपाईंले छुटाउनुभयो कि?