२६ जनवरीमा लालकिल्लाबाट मोदीले नेपालबारे बोल्ने !
सारांश
- काठमाडौं, ८ माघ ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग विशेष सम्बन्ध राखेर अघि बढ्न चाहेको कुरा उनको नेपालप्रतिको सद्भावले प्रष्ट पारिसकेको छ ।
- भारतीय प्रधानमन्त्री बनेलगत्तै मोदीले नेपालप्रति आफ्नो विशेष लगाव रहेको देखाए ।
काठमाडौं, ८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग विशेष सम्बन्ध राखेर अघि बढ्न चाहेको कुरा उनको नेपालप्रतिको सद्भावले प्रष्ट पारिसकेको छ ।
भारतीय प्रधानमन्त्री बनेलगत्तै मोदीले नेपालप्रति आफ्नो विशेष लगाव रहेको देखाए । उनले बारम्बार सार्वजनिक अभिव्यक्तिमा भन्ने गरेका छन्,‘नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ छ, हुनुपर्छ र भोलिका दिनमा आर्थिक समृद्धि हाँसिल गर्न एकले अर्कोलाई विश्वासमा लिएर जानुपर्छ।’
मोदी दुई पटक नेपाल आईसकेका छन् । अब उनी तेस्रोपटक नेपाल आउँदैछन्। उनको नेपाल भ्रमणप्रतिको मोह भन्नु नै आगामी दिनमा नेपाल–भारत सम्बन्ध घनिष्ठ भएर जानु नै हो । बास्तवमै मोदी नेपालसँग घनिष्ठ सम्बन्ध बनाउन चाहन्छन भन्ने कुरा नेपाल–भारत सम्बन्धका जानकारहरुले नै बताउँदै आएका छन्। मोदी अब तेस्रो पटक अब अरुण–तेस्रो शिल्यान्यास गर्न नेपाल आउँदैछन् । अब पाँच वर्षको सरकार बन्ने भएपछि नेपालको विकास, समृद्धि र राजनीतिक स्थायित्व हो ।
नेपालमा लामो समयपछि स्थायी सरकार बन्दैछ। यही बुझेर होला भारतीय प्रधानमन्त्री मोदीले नेपालको निर्वाचन सम्पन्न भएलगत्तै अब बन्ने प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विशेष महत्व दिएर फोनवार्ता गरिरहेका छन् । यो एक महिनाको अवधिमा मोदी र ओलीवीच दुई पटक सम्वाद भैसकेको छ ।
रोचक त के भने, ओली प्रधानमन्त्री नबन्दै मोदीले भावी प्रधानमन्त्रीको रुपमा बधाई समेत दिन भ्याए ।
उनले ओलीलाई भारतमा स्वागत गर्न आफूहरु प्रतिक्षारत रहेको पनि सुनाए । यो सम्वादले के देखाउँछ भने आगामी दिनमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर भएर जानेछ। सुमधुर द्धिपक्षीय सम्बन्ध कायम गर्दै आर्थिक समृद्धिको लक्ष्य हाँसिल गर्ने उद्देश्यको लागि मोदीले नै गाम्भिर्यता महशुस गर्दै पहलकदमी लिएका छन् । यसको उदाहरणको रुपमा ओलीसँगको सम्वादलाई लिन सकिन्छ ।
दुवै देशका प्रधानमन्त्री खासगरी भारतीय प्रधानन्त्री मोदी र अब बन्ने नेपालका प्रधानमन्त्री ओली मिलेर जाँदा विकासमा दुवै देशलाई टेवा पुग्दैछ भन्ने हेक्का सायद ओलीले भन्दा बढि मोदीले नै बुझेका छन् । यही ठानेर मोदीले ओलीको स्वास्थ्य स्थिति बुझ्नुको साथै दरिलो र गर्विलो व्यक्तिगत सम्बन्ध बनाउने उद्देश्यले ओलीसँगको सम्वादलाई निरन्तरता दिएका छन् ।
हुन त यतिवेला भारत ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा छ । विगतवर्षजस्तै यस वर्षपनि मोदीले लालकिल्लामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यही आउने २६ जनवरीको दिन मनाईने गणतन्त्र दिवसको दिन मोदीले लाल किल्लामा नेपालको बारेमा केही बोल्ने संकेत गरेका छन् । यसको पनि संभावित कारण हो : ओलीसँग यो एक महिनाको अवधिमा दुई पटक फोनवार्ता गर्नु । ओली प्रधानमन्त्री भएका छैनन् तर उनले ओलीलाई प्रधानमन्त्रीकै रुपमा सम्मान गरेर हिजो सम्वाद गरे ।
मोदीको यो कुटनीतिक जादुका कारण पनि द्धिपक्षीय सम्बन्धमा नयाँ आयामाहरु देखिन थालेका छन् । मोदीको एकमात्रै चाहना छ : अब नेपाल समृद्धिको यात्रामा बेहत्तर गतिमा दौडियोस् । उनको यो चाहना अब चाँडै पूरा हुने विज्ञहरुको अड्कलबाजी छ । नेपालमा लामो समयपछि स्थायित्व प्राप्त सरकार गठन हुँदैछ । यसले गर्दा आर्थिक साझेदारीको लागि भारतलाई सहज हुनेछ ।
नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरी पनि मोदीको यो सपना पूरा गर्न दिनरात मेहनत गरिरहेका छन् । राजदुत पुरी कम बोल्छन् । तर शालिन तरिकाले आफ्नो जिम्मेवारी निभाउन खप्पिस छन् । उनी नेपाल–भारत सम्बन्धबारे गहिराईमा गएर अध्ययन गर्ने र निर्णय गर्ने कुरामा सफल भएका छन् । मोदी–ओलीवीचको टेलिफोनवार्तापनि उनकै पहलको सकारात्मक संकेत हो भन्न सकिने ठाउँ छ।
मोदीले हिजो आईतबार साँझ ओलीसँग सम्वाद गरेका थिए । उनले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरी भावी प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका थिए । भारतीय प्रधानमन्त्री मोदीले हिजोअपरान्ह टेलिफोन गरि प्रतिनिधिसभा चुनावबाट पहिलो पार्टी बनेसंगै एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका हुन ।
मोदीले ओलीलाई प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गरेपछि भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको समेत बताएका थिए । अंग्रेजी नयाँ बर्ष सन् २०१८ को अवसरमा शुभकामना दिँदै टेलिफोनमार्फत भारतीय प्रधानमन्त्रीले गरेको निमन्त्रणा प्रस्ताव स्वीकार्दै ओलीले पनि नेपाल भ्रमणका लागि मोदीलाई निमन्त्रणा दिएका छन् ।
नेपाल भ्रमणका बेला मोदीलाई रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न अध्यक्ष ओलीले आग्रह गर्नुभएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि पनि प्रधानमन्त्री मोदीले गत पुस ६ गते ओलीलाई फोनमार्फत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूलो पार्टी भएकोमा बधाई दिएका थिए ।
Bishal Thingh
भारतियहरु जेबोलछन् तेसको ठिक उल्टोगर्छन् खुब मोदिको गुनगान गरछन ।मोदि एजेन्ट ।
Surendra Singh
मोदी नेपाल नआओस ।
Melish Dahal
Yoh modi leh kp oli lai fakyera china tira na dhalkos bhanera chiplo dalnu aunu lageko … this india politics is dirty for nepal…
Gokul Poudel
मोदी आयो कालो झण्डा देखाउने र घोर बिरोध गर्ने हो काहा भुलेका छौ त्यो नाकाबन्दी नेपालमा भारतले तान्डप मच्चाएको अहीले सिमा मिचेको
Man Mohan Thapa
जे बाले पनि अाेली जी टाउकाे मात्र हल्लाउनु माथी तल हाेई न दायाँ बायाँ हल्लाउनु है।
Laxman Bhandari
chor sala
Dev Basu
Sadentra garxa k yoo modi
Raee Bikash
ईन्डिया को बानी नै यस्तै हो ।के गरोश त मोदि ले सबै छिमेकी देश सङ्ग राम्रो सम्बन्ध छैन अन्तिम मा नेपाल लाई नै बलिको बोका बनाउन चाह्दै छ्न।तर सावधानी अपनाउनु पर्ने जरुरि छ।
Eriag Donib
Nakabandi garda kehi garena aba k chheyeko chh tehi lutna lae paxi lagirachh