सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश फुँयालले हेर्न नमिल्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश फुँयालले हेर्न नमिल्ने

सारांश

  • काठमाडौं, १२ माघ ।
  • संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपाका स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ ।
  • सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा हेर्न नमिल्ने बताइएको छ ।

काठमाडौं, १२ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएका नेकपाका स्थायी कमिटी सदस्य अग्नि प्रसाद सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ ।

सर्वोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा हेर्न नमिल्ने बताइएको छ ।

सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो ।

फुयाँलले पहिले सापकोटाविरुद्धकै मुद्दामा सर्वोच्चमा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका हुन् । आज सभामुखमा सापकोटा निर्विरोध निर्वा्चित हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?