प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
१९
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई फकाउँदै भारत, नेपाललाई दिने सहयोग ६ सय ५० करोड

सारांश

  • काठमाडौं, ८ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारत नेपालसँग सम्बन्ध सुधारमा जुटेको छ ।
  • प्रधानमन्त्री ओलीसँग सम्बन्ध बढाउने कोशिसमा रहेको भारत सरकारले नेपाललाई दिंदै आएको बार्षिक सहायतामा ७३ प्रतिशत बढाएको छ ।
  • योसँगै भारतले दिंदै आएको बार्षिक सहायता नेपाली रुपैयाँ ६ सय ५० करोड पुर्याएको हो ।

काठमाडौं, ८ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारत नेपालसँग सम्बन्ध सुधारमा जुटेको छ । प्रधानमन्त्री ओलीसँग सम्बन्ध बढाउने कोशिसमा रहेको भारत सरकारले नेपाललाई दिंदै आएको बार्षिक सहायतामा ७३ प्रतिशत बढाएको छ । योसँगै भारतले दिंदै आएको बार्षिक सहायता नेपाली रुपैयाँ ६ सय ५० करोड पुर्याएको हो ।

ओली प्रधानमन्त्री हुने निश्चित भएपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई अग्रिम बधाईका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पठाएका थिए । प्रधानमन्त्री ओलीसँग गरेको प्रतिवद्धताअनुसार भारतले नेपालसँग मित्रताको हात दह्रो बनाउँदैछ ।

नेपालमा चीनको उपस्थिति र प्रभाव बढ्न थालेको भन्दै भारतले वार्षिक सहायतामा थप गर्ने निर्णय गरेको बुधवार भारतबाट प्रकाशित टाइम्स अफ इण्डियामा उल्लेख गरिएको छ । समाचार अनुसार सन् २०१८–२०१९ का लागि भारतले नेपालका लागि यो सहायता रकम छुट्टयाएको हो । सन् २०१७–२०१८ आर्थिक बर्षका लागि ३ सय ७५ करोड छुट्टयाएको थियो ।

भारतबाट सबैभन्दा बढी बार्षिक सहायता पाउनेमा छिमेकी राष्ट्र भुटान अघि छ । भारतले नेपाललाई सहायता छनोटको दोश्रो सूचीमा राखेको छ । भुटानले यसबर्ष भारतबाट १८ सय १३ करोड सहायता पाएको छ ।

चुनावपछि एमाले अध्यक्ष ओली नेतृत्वको सरकार गठनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा पहिले वधाइ दिएका थिए । प्रधानमन्त्रीको ओलीको जन्मदिनमा भारतीय दुतावासका राजदूत मन्जितसिंह पुरी निवासमै केक लिएर पुगेका थिए ।

(Ambien)

प्रतिक्रिया

19 कमेन्ट

    Comment Author

    Suk Bahadur Kumal

    यस्काेे सहयाेग आलुजस्ताे

    Comment Author

    Tej Bahadur Khatri

    त्यस बापत के लिने भो भारत ले?

    Comment Author

    Himalsangita Biplav

    छिमेकीसङ्ग सम्बन्ध राम्रो बनाउनु पर्छ तर यस्को मतलव यो होइन कि?केही सहयोग कसैले गर्यो भन्दैमा आफ्नो ईमानै बिची दिने फेरि यो मोदि दलाल हो यसको के बिस्वास पहिला पनि यति सहयोग गर्छु उति गर्छु त यस्ले भनेकै थियो यसैले नै तर अन्तमा उहीँ नाका बन्दि लगायो नेपाल र नेपालिहरु माथी।तेसैले बुझेर मात्रै ब्यावाहार चलाउनु पर्छ जता हेर्यो उतै हेपाहा प्रबितिले सिमा नाघेको छ मिच्नु सिमा भारतले मिचेको छ नजाने धेरै नेपालिको घरबार लुटिएको छ तेसैले बिचार गरम हो….

    Comment Author

    Uttam Purush

    भारतकाे सहयोग मनलाग्दि ब्यक्ति , सघ सगठनलाइ बस, एबुलेन्स, चाैतारा झिनामसिना काममा भ्रष्टाचार का लागि र समानान्तर सरकार चलाउन हाे चाहिदैन भारतकाे सहयाेग।

    Comment Author

    Gurung Govind

    Desh ma vikas Kary garer yti ko bnaunu prxa ki desh lae dhani ya dayniy desh ko rup ma n here pni bru samman ko rup ma heros vishwa le.

    Comment Author

    Binod Rai

    भारतको बिरोध गरेसि भुत्रोको सहयोग

    Comment Author

    Bijay Yadav

    Nepal lia ki neta lia

    Comment Author

    Laxman Dc

    जति सहयोग गरेपनि कमिशन बादले गाजौको नेता कार्कर्ता र कर्मचारी को मिलोभगतमा फिल्डमा स्वाहाँ हुदै आएको राजनीतिक चरित्र महोदय।

    Comment Author

    Buddhi Maharjan

    yo dhoti paisa lin hudaina bharta sahyog chahidan modi chor danka ho

    Comment Author

    Mohan Timalsina Uppadhyaya

    cick out india dalal

    Comment Author

    Rajaan Paudel

    Kosi magako hola

    Comment Author

    Budda Hong

    Khai ta paheela tetro samsad ma 1000 katod diyeko. Kaha gayo ma chahee patyaudina ..
    Bichar k chha tapaiharu ko?

    Comment Author

    बखत राउत

    यो सब नाटक होला की

    Comment Author

    Krishana Joshi

    याे के हाे उता चिन र यता भारत हामी साधरण गरिब जन्तालाई त बासबसन लाई ठाउँ रहदैन भाे य मेरि नेपाली अामा के हुदैछ देशमा

    Comment Author

    Shyam Spakota

    Jati diye pani tiniharu le nepal laie herne niyet uhi purano tesaile bharat ra buwaso ma kunaie farak6ain nepal ko lagi thula thula brastachari haru ko sampati rastriye karan gar ta des bikash garne paisa fala fal hun6 hamro nepal ma brastachari 1,2 jana matra hain hajarau6n tiniharu laie kanuni kathaghara ma uvuyayer tinko sampati rastriye karan garnu paryo

    Comment Author

    Shyam Spakota

    Jun des ko paisa liyo tehi des le gulami banau6 tesaile bidesi ko anudan line kam ramro hain

    Comment Author

    Shyam Spakota

    Yekana diye jasto gar6n hamro des ko hajar aana tak6n tesaile yesto anudan lin hudain

    Comment Author

    Hem Dewan

    Wow. …sure ki ashwashan matrai ho. ..bhukamp ko paisa ta deko chaina i don’t believe. .

    Comment Author

    Kumar Gahataraj

    Hijo , Aaja ra Bholi pani Nepal Bharatko Gulam ho ra rahirahane xa…….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 19
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?