ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
ऐतिहासिक वृहत बामपन्थी शिक्षक एकता अभियान शुरु

सारांश

  • काठमाडौं, २७ साउन ।
  • दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ ।
  • तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक संगठनहरुले पनि ऐतिहासिक एकता अभियान शुरु गरेका हुन् ।

काठमाडौं, २७ साउन । दुई ठूला कम्युनिष्ट पार्टीहरु एक भएसँगै वृहत बामपन्थी शिक्षक एकता अभियान पनि शुरु भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएसँगै ती दुईदल निकट शिक्षक संगठनहरुले पनि ऐतिहासिक एकता अभियान शुरु गरेका हुन् । तत्कालीन नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन र नेकपा माओवादी केन्द्रको भातृसंगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनबीच एकता अभियान शुरु भएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय कार्यालय बागबजारमा शनिवार पहिलोपटक दुईसंगठनहरुबीच एकताको लागि औपचारिक छलफल शुरु भएको हो । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षतामा बसेको पहिलो एकता सम्बन्धी बैठकमा एकताको वैचारिक तयारीका लागि भन्दै दुईसंगठनहरुको विधान आदान–प्रदान भएको छ ।

पहिलो औपचारिक एकता बैठकमा एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट अध्यक्ष शंकर अधिकारी, पूर्व अध्यक्ष रत्नबहादुर ओली, नेता पूर्णप्रसाद दवाडी लगायतको सहभागीता रहेको थियो । यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष लक्ष्मण शर्मा, पूर्व अध्यक्ष बाबुराम थापा, महासचिव हंशबहादुर शाही, कोषाध्यक्ष विष्णु भण्डारी लगायतको सहभागिता रहेको थियो ।
छलफलमा बैठकमा सहभागी भएकाहरुकै एउटा एकता कार्यदल विकास गरेर जाने, एकताका लागि सैद्धान्तिक, वैचारिक, सांगठानिक, अन्तर्राष्ट्रिय, शैक्षिक र पेशागत सवालहरुमा छलफल भएको थियो।

नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्वअध्यक्ष समेत रहिसकेका नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शनिवारबाट वृहत कम्युनिष्ट शिक्षक एकता अभियानको औपचारिक थालनी भएको जानकारी दिए । आफ्नो संगठन शुरु देखि नै वृहत शिक्षक एकताको पक्षमा रहेको भन्दै थापाले विचार र सोच मिल्ने दलहरुसँग वृहत एकता अभियान शुरु भएको बताए । एकीकृत अखिल नेपाल शिक्षक संगठनसँगै अन्य कम्युनिष्ट विचार राख्ने शिक्षक संघसंगठनहरुसँग एकता गर्दै नेपालमै र पछि विश्वभरी नै एउटै शिक्षक संगठन बनाउने अभियानमा आफुहरु लागेको थापाले स्पष्ट पारे । यस एकता अभियानले ट्रेड युनियन अधिकार प्राप्ति, सुरक्षा अभियानमा महत्वपूर्ण भुमिका खेल्ने भन्दै अभियानले छिट्टै परिणाम निकाल्ने बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले आफूहरु नेपालभरका शिक्षकहरुको एउटै साझा संगठनहुनुपर्ने अभियानमा रहेको भन्दै पहिले बामपन्थी विचार राख्ने शिक्षकहरुको एकता अभियान शुरु गरिएको जानकारी दिए । एकता प्रक्रियाले छिट्टै ठोस निस्कर्ष निकाल्ने उनको भनाइ थियो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले बैठकमा पेशागत शिक्षक एकता शिक्षक महासंघ भएपनि वैचारिक र सांगठानिक वृहत एकताका लागि गम्भीर छलफल भएको बताए ।

सह–अस्तित्व, मनोविज्ञान सहितको एकता गर्नेबारे छलफल भएको भन्दै अध्यक्ष अधिकारीले एकताले नेपालको शिक्षा क्षेत्रमा समाजवादी कार्यदिशा निर्माण र ट्रेडयुनियन आन्दोलनमा सामाजिक दायित्व र आवश्यकतामा समेत नयाँ दिशा दिने स्पष्ट पारे । वर्गसंघर्ष र शिक्षकहरुको चेतना बीचको खाडल वैचारिक संलेषण गर्दै एकता प्रक्रियाले छिट्टै पूर्णता पाउने अधिकारीको भनाइ थियो ।
संगठनका नेताहरु पूर्णप्रसाद दवाडी, दिनानाथ तिम्सिनाले एकता एउटा संगठनमा अर्को संगठनको विलय नभइ भावना, संगठन र विचारको एकता हुनुपर्ने भन्दै केन्द्रदेखि तल्लो तहसम्म सम्मानजनक एकता आजको आवश्यकता भएको धारणा राखे ।

२०३६ सालमा स्थापना हुँदा शिक्षकहरुको एउटै संगठन भएपनि तेस्रो महाधिवेशन पछि २०४४ सालमा शुरुमा प्रजातान्त्रिक विचार बोक्ने शिक्षकहरु छुट्टिएर छुट्टै संगठन गठन गरेका थिए । पछि दशौं र एघारौं महाधिवेशनपछि बामपन्थी विचार राख्ने केही शिक्षकहरु समेत अलग भइ नयाँ संगठन गठन गरेका थिए । झण्डै पच्चीस वर्षपछि फेरी वृहत बामपन्थी शिक्षकहरुको एकता हुन लागेको हो । यदी एकता भए नयाँ संगठनले मुलुकका ७० प्रतिशत शिक्षकहरुको प्रतिनिधित्व गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
नरेन्द्र मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक : कमल थापा
अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा !घुसमा तरकारी पनि लिन्छन् !
घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा !घुसमा तरकारी पनि लिन्छन् !
काठमाडौँ- ८ मा बाम गठबन्धन  ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
काठमाडौँ- ८ मा बाम गठबन्धन ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
अब यसरी हुनेछ  प्रहरीले ढाँटेको छिनभरमै पहिचान
अब यसरी हुनेछ प्रहरीले ढाँटेको छिनभरमै पहिचान
भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा
भूमिसुधारका उपसचिव एक लाख घूससहित नियन्त्रणमा
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार
हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र
हुम्लाका दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का

तपाईंले छुटाउनुभयो कि?