२ करोड ५२ लाख नक्कली नोट: लुट निर्माता वाग्लेले स्विकार गरे !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
२ करोड ५२ लाख नक्कली नोट: लुट निर्माता वाग्लेले स्विकार गरे !

सारांश

  • काठमाडौं, २२ जेठ ।
  • तीन साता अघि फिल्म निर्माता माधब वाग्लेको कोठाबाट २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो भने नेपाल राष्ट्र बैंकले सो नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
  • अहिले यसै नक्कली नोट काण्डमा मुछिएका फिल्म निर्माता वाग्लेले गरेको नक्कली नोटको कारोबार विषयमा अनुसन्धान सकाएको छ।

काठमाडौं, २२ जेठ । तीन साता अघि फिल्म निर्माता माधब वाग्लेको कोठाबाट २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो भने नेपाल राष्ट्र बैंकले सो नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

अहिले यसै नक्कली नोट काण्डमा मुछिएका फिल्म निर्माता वाग्लेले गरेको नक्कली नोटको कारोबार विषयमा अनुसन्धान सकाएको छ।

तीन साता अघि मात्रै निर्माता वाग्लेको कोठाबाट प्रहरीले २ करोड ५२ लाख नक्कली नोट फेला पारेको थियो । लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेलाई नक्कली नोटको कारोबारमा मुख्य अभियुक्त बनाएर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको हो ।

महानगीय प्रहरी वृत्त महाराजगंजको प्रमुख डिएसपी योगन्द्र सिंहले दिएका जानकारी अनुसार अहिले अनुसन्धान सकाएर फाइल सरकारी वकिल कार्यालयमा बुझाइएको हो ।
जेठ २ गते २ प्रहरीले करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित फिल्म निर्माता वाग्लेसहित अन्य ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पक्राउ परिसकेपछि निर्माता वाग्लेले आफुलाई बचाउ गर्दै फिल्मको लागि सो नक्कली नोट छापेको प्रहरी समक्ष बयान दिएका थिए।

अब प्रहरीको अनुसन्धान चित्त बुझेको खण्डमा खोटा चलनमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्नेछ। दोषी प्रमाणित भएमा निर्माता वाग्लेलाई ऐन अनुसार बिगो बमोजिमको जरिवाना र १० वर्षसम्मको जेल सजाय हुनसक्छ । डिएसपी सिंहका अनुसार निर्माता वाग्लेले बयानमा नक्कली नोट छपाएको स्वीकार गरीसकेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sangita Aryal Paudel

    Hait

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता
पर्साको पोखरिया नगरपालिकामा नेपाली जनता दलको अग्रता
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्रान्स भ्रमणः अमेरिकामै आलोचना
एशिया कप क्रिकेट नेपाल र भारतबीच खेल हुने
एशिया कप क्रिकेट नेपाल र भारतबीच खेल हुने
गौशाला धर्मशाला विवादः आज पशुपति कोष सञ्चालक परिषद् बैठक बस्दै
गौशाला धर्मशाला विवादः आज पशुपति कोष सञ्चालक परिषद् बैठक बस्दै
सभामुखका लागि आज मनोनयन दर्ता हुँदै
सभामुखका लागि आज मनोनयन दर्ता हुँदै
पहिलोपटक प्रहरी कारबाहीमा मारिए विप्लवका कार्यकर्ता घिमिरे
पहिलोपटक प्रहरी कारबाहीमा मारिए विप्लवका कार्यकर्ता घिमिरे
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाइने
हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम
हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम

तपाईंले छुटाउनुभयो कि?