३२ जिल्लामा एमालेका उम्मेदवार को-को टुंगो लागे ?
सारांश
- २ कात्तिक,काठमाडौं ।
- नेकपा एमालेले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बिहीबार रातिसम्म टुंगो लगाउने गरी गृहकार्य थालेको छ ।
- सर्वसम्मत रुपमा सिफारिस भएर आएका ठाउँ बाहेक अन्यत्र उम्मेदवार तय गर्न शीर्ष नेता आन्तरिक छलफलमा छन् ।
२ कात्तिक,काठमाडौं । नेकपा एमालेले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार बिहीबार रातिसम्म टुंगो लगाउने गरी गृहकार्य थालेको छ । सर्वसम्मत रुपमा सिफारिस भएर आएका ठाउँ बाहेक अन्यत्र उम्मेदवार तय गर्न शीर्ष नेता आन्तरिक छलफलमा छन् ।
पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभातर्फका उम्मेदवारहरु धेरै ठाउँमा सर्वसम्मत भएकाले धेरै समस्या छैन । तर, केही प्रभावशाली नेताको क्षेत्र माओवादीले पाउने भएपछि सन्तुलन मिलाउन समस्या परेको एक पदाधिकारीले बताए ।
पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ निर्वाचन क्षेत्रमध्ये आधा भन्दा बढिमा सर्वसम्मत एकमात्र नाम आएकाले स्थायी कमिटीले बिहीबार नै टुंगो लगाउने सम्भावना छ । बाँकी ठाउँमा मात्र छलफल हुने बताइएको छ ।
पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १ को ताप्लेजुङमा एमालेले सचिव योगेश भट्टराइलाई उम्मेदवार बनाउने निश्चित छ । प्रदेशसभाको १ नम्बरमा जिल्ला अध्यक्ष बलवहादुर साम्सोहाङको नाम टुंगो लगाउने स्रोतले जनायो ।
त्यस्तै पाँचथरमा प्रतिनिधिसभामा बसन्तकुमार नेम्वाङको नाममा सहमति जुटेको छ । प्रदेशको एक नम्बर क्षेत्रमा टुंगो लागेको छैन ।
संखुवासभामा राजेन्द्र गौतम,गुप्तवहादुर श्रेष्ठ लगायतको दावी छ । संखुवासभा माओवादीलाई दिएर भोजपुर लिन एमाले नेतृत्वलाई दबाब बढिरहेको छ । तर माओवादीले भोजपुरमा प्रतिनिधिसभाको सिट नछाड्ने भएको छ ।
ओखलढुंगामा यज्ञराज सुनुवारको नाम सर्वसम्मत भएको छ । प्रदेश १ मा जिल्ला कमिटी सदस्य अम्बिरबाबुर गुरुङ उम्मेदवार बन्ने भएका छन् । सोलुखुम्बु एमालेले पाउँदा जिल्ला अध्यक्ष मानवीर राई उम्मेदवार बन्ने सहमति भएको एमाले स्रोतले जनाएको छ ।
त्यहाँ माओवादीले प्रतिनिधिसभाकेा दावी बुधवार रातिसम्म पनि कायमै राखेको छ । प्रदेश २ मा एमालेले बुद्धिकुमार राजभण्डारीलाई उठाउने भएको छ ।
उदयपुर १ माओवादीले पाउँदा २ नम्बरमा जगन्नाथ खतिवडा उम्मेदवार बन्ने भएका छन् भने खोटाङमा विशाल भट्टराई र राजन राईमध्ये एक छान्न एमाले नेतृत्वलाई समस्या परेको छ ।
प्रदेश नम्बर ३ मा पहिलो चरणमा चुनाव हुने मध्ये रामेछापमा एमालेले प्रतिनिधिसभा माओवादीलाई छाड्न सहमत भएको छ ।
प्रदेशतर्फ क्षेत्र नम्बर १ मा जिल्ला अध्यक्ष शान्ति पौडेलको नाम टुंगो लागेको स्रोतले जनाएको छ । २ नम्बरमा होम बुढाथोकी,रत्न गौतम र ज्ञानकुमार श्रेष्ठको नाममा छलफल भइरहेको छ ।
दोलखामा प्रतिनिधिसभातर्फ पोलिटव्यूरो सदस्य पशुपति चौलागाई र केन्द्रीय सदस्य पार्वत गुरुङमध्ये एकजना नाम आजै टुंगो लाग्ने प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले बताइन् । प्रदेश २ एमालेले पाउने र त्यहाँ लालकुमार केसी र बालकृष्ण शिवाकोटीमध्ये एक उम्मेदवार बन्नेछन् ।
नुवाकोटमा क्षेत्र नम्बर २ एमालेको भागमा परेको छ । सो क्षेत्रबाट पोलिटव्यूरो सदस्य महेन्द्रवहादुर पाण्डे उम्मेदवार बन्ने भएका छन् ।
त्यस्तै धादिङ २ मा जिल्ला अध्यक्ष भूमि त्रिपाठीलाई उम्मेदवार बनाउने गरि नेताहरुबीच सहमति भएको छ ।
पहिलो चरणमा चुनाव हुने रसुवाबाट प्रतिनिधिसभामा एमालेले यसअघि निर्वाचित सांसद जनार्दन ढकाललाईनै उम्मेदवार बनाउने भएको छ । प्रदेशमा एउटा क्षेत्र पाउँदा जिल्ला अध्यक्ष कर्णेल लामा उम्मेदवार बन्ने भएका छन् ।
एमालेले प्रदेश नम्बर ४ का पहिलो चरणमा चुनाव हुने जिल्लामध्ये मनाङमा जिल्ला अध्यक्ष पाल्देन गुरुङलाई उम्मेदवार बनाउने भएको छ । लम्जुङमा पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बन्ने भएका छन् । तर त्यहाँ माओवादीका देव गुरुङ उठाउन एमाले नेतृत्वसँग आग्रह गरेको छ ।
मुस्ताङमा प्रेम गौचनलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने एमाले स्रोतले जनाएको छ । बागलुङमा एउटा मसाललाई छाड्ने गरि छलफल चलेकाले उम्मेदवारको टुंगो लाग्न सकेको छैन । म्याग्दी माओवादीले पाउने भएको छ ।
६ नम्बर प्रदेशमा पहिलो चरणमा चुनाव हुने मध्ये एमालेले डोल्पामा धनवहादुर बुढा र मुगुमा गोपाल बमको नाम टुंगो लगाएको छ ।
७ नम्बर प्रदेशमा पहिलो चरणमा चुनाव हुनेमध्ये बझाङमा भानुभक्त जोशी,बाजुरामा जिल्ला अध्यक्ष लालवहादुर थापा,दार्चुलामा केन्द्रीय सदस्य गणेश ठगुन्ना र वैतडीमा पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीले टिकट पाउने एमाले स्रोतले जनाएको छ ।
पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभातर्फ अधिकांश ठाउँबाट एकमात्र उम्मेदवारको नाम आएकाले स्थायी कमिटीले निर्णय गर्नमात्र बाँकी रहेको महासचिव इश्वर पोखरेलले बताए । एक भन्दा बढि नाम आएको ठाउँका बारेमा संस्थागत निर्णय हुने उनले जानकारी दिए ।
ढिलोमा शुक्रवार साँझसम्म उम्मेदवारको टुंगो लगाइने एमालेले जनाएको छ ।
Pemba Kirung Khamba Sherpa
वामपन्थीहरूकाे घटबन्दन उम्मेदवारहरुलाइ बिजयकाे लागि बदाइ छ ।
Thakuri Chandra
सहकारी लेख, गीत पठाउँ कि ?
Ram Bahadur Bohara
पिडाबोध सबै तिर सबैलाइ गहिरै हुने रहेछ सर। यदि बाम गठबन्धनले बाम केन्द्र निर्मान हुन्छ भने त्यति ज्यादै आपत्ती पनि नगरौ कि सर? रणनैतिक रक्षार्थ कार्यनैतिक बलिदान दिन सक्ने पाठ हिजो हजुरहरुले नै पढाउनु भाको हैन र? आदर्निय सहिद परिवार , घाइते योद्धा, बेपत्ता परिवारजन लगायत समस्त नेपाली र नेपालको सम्मान भनेको यो मुलुकमा राजनैतिक स्थिरता कायम गरि छिटो भन्दा छिटो आर्थिक समृद्धिको दिशामा अघि बढाउनु हो सर। यसको निम्ति बाम गठबन्धन बस्तुगत आबश्यक्ता जस्तो लागेको हो। आ आफ्नै डम्फु बजाउने हो भने के भनौ र सर?
Tara Tamang
La badhai 6
Chhonam Lama
Ramechhap chhetra no.2 ko umbedar janatale nachaheko ra 70 ko nirbachanmani asafal bhayaka kailash dhungel ji lai chunnu bhako rahexa yo dukhako kura ho hamro lagi hamilai chaheko ratna gautam ho tra teskaran kp oli murdabad