सन्दीपको अर्को छलाङ, क्यानडा लिग खेल्ने
सारांश
- काठमाडौँ २१ जेठ – आइपिएल खेलेर चर्चामा रहेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मार्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्।
- युवा स्पिनर लामिछाने विश्व-११ खेलेर फर्किएका लिगका लागि छानिएका हुन्।
- लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा सन्दीपलाई खरिद गरेको अफिसियल ट्विटर ह्याण्डलमा जानकारी दिएको छ ।
काठमाडौँ २१ जेठ – आइपिएल खेलेर चर्चामा रहेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अर्को छलाङ मार्दै क्यानडाको ग्लोबल टी-२० क्यानडा लिग खेल्ने भएका छन्। युवा स्पिनर लामिछाने विश्व-११ खेलेर फर्किएका लिगका लागि छानिएका हुन्।
लिगको मोन्ट्रेल टाइगर्स टोलीले छैटौं चरणमा सन्दीपलाई खरिद गरेको अफिसियल ट्विटर ह्याण्डलमा जानकारी दिएको छ ।
सन्दीप जुन २८ देखि जुलाइ १५ तारिख सम्म चल्ने पहिलो संस्करणमा हुन लागेको प्रतियोगितामा खेल्नेछन् । त्यस प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहने जनाइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया