कर्णालीमा एक दिन बिराएर उज्यालो

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कर्णालीमा एक दिन बिराएर उज्यालो

सारांश

  • काठमाडौं, २८ माघ- संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारो छ ।
  • मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले लोडसेडिङ हुन्छ ।
  • डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन बिराएर अँध्यारोमा बस्न बाध्य छन् ।

काठमाडौं, २८ माघ- संघीय राजधानीलगायत देशका ठूला सहरहरू झिलिमिली भइरहँदा ऊर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारो छ । मिनेट र घन्टाका हिसाबले होइन, दिनका हिसाबले लोडसेडिङ हुन्छ । डोल्पा सदरमुकाम दुनैका बासिन्दा एक दिन बिराएर अँध्यारोमा बस्न बाध्य छन् ।

त्यस्तै जुम्लामा दैनिक १४ घन्टा, हुम्लामा १० घन्टा र कालिकोटमा दुई घन्टा लोडसेडिङ हुँदै आएको छ । स्थानीय बासिन्दा राज्यको बेवास्ताले अँध्यारोमा बस्नुपरेको बताउँछन् , आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

राष्ट्रिय प्रसारण लाइनबाट वञ्चित
कर्णाली क्षेत्रका पाँच जिल्ला नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनसँग जोडिएका छैनन् । कर्णाली विकास आयोगले गरेको एक अध्ययनअनुसार स्थानीय बासिन्दाको सक्रियतामा पाँचै जिल्लामा २.४ मेगावाट विद्युत् उत्पादन हुन्छ । यो क्षेत्र साना जलविद्युत् आयोजना र वैकल्पिक ऊर्जामै निर्भर छ ।

त्यस्तै, सोलार बत्तीको उपयोग पनि प्रशस्त हुने गरेको अध्ययनले देखाएको छ । यस क्षेत्रको १० वर्षे विकास योजना बनाउन गरिएको अध्ययनमा लघु जलविद्युत् आयोजना नभएका क्षेत्रमा सोलार बत्ती प्रयोग भइरहेको कर्णाली विकास आयोगकी कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

 किन हुन्छ लोडसेडिङ ?

यस क्षेत्रमा २.४ मेगावाट विद्युत् उत्पादन भए पनि मौसमका कारण उत्पादन क्षमतामा घटबढ भइरहन्छ । हिउँ पर्ने समयमा पानीको बहाव कम हुने भएकाले विद्युत् उत्पादनमा कमी आउने गरेको साना जलविद्युत् आयोजनाहरूले जनाएका छन् । त्यस्तै, पुराना उपकरण मर्मतसम्भार तथा फेर्न नसकिएकाले पनि क्षमताअनुसार विद्युत् उत्पादन हुने गरेको छैन ।

स्थानीयवासीबीचको विवादले पनि विद्युत् उत्पादनमा समस्या हुने गर्छ । दुई वर्षअघि जुम्लाको गज्र्याङकोट गाउँका स्थापना भएको दोचालघाट जलविद्युत् आयोजना निर्माण गर्दा अर्को गाउँबाट पानी आउँछ । स्थानीय बासिन्दाले आफ्नो गाउँको पानी अर्को गाउँको प्रयोगका लागि नदिने भन्दै विवाद गरे । अहिले विवाद सल्टिएपछि ८६ किलोवाटको यो आयोजनाबाट ८८० घरधुरी लाभान्वित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी
स्याङ्जा–२ मा एमालेकी पद्मकुमारी विजयी
मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै
मेस्सीको गोलसँगै फ्रेन्च लिगमा पिएसजीको अग्रता कायमै
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
शान्ति स्थापनामा एकै खालको उपाय सही नहुने : उपप्रधानमन्त्री पोखरेल
शान्ति स्थापनामा एकै खालको उपाय सही नहुने : उपप्रधानमन्त्री पोखरेल
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपेन्द्र यादवले लगाए प्रधानमन्त्री ओलीलाई  यस्ताे अाराेप
उपेन्द्र यादवले लगाए प्रधानमन्त्री ओलीलाई यस्ताे अाराेप
आजको विश्वकप फुटबलमा जर्मनी, ब्राजिल लगायत यी ८ देश भिड्दै
आजको विश्वकप फुटबलमा जर्मनी, ब्राजिल लगायत यी ८ देश भिड्दै
गोरुको मासुसहित पक्राउ
गोरुको मासुसहित पक्राउ
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

तपाईंले छुटाउनुभयो कि?