३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए

सारांश

  • काठमाडौ ३,माघ।
  • प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई तीब्रता दिदै गलत नियतले न्याय सम्पादन गर्ने उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारवाही गरेका छन् ।
  • साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ ।

काठमाडौ ३,माघ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई तीब्रता दिदै गलत नियतले न्याय सम्पादन गर्ने उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारवाही गरेका छन् ।

साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका पाँचजना न्यायाधीशलाई न्यायपरिषद सचिवालयमा तानिएको छ । राणाले गठन गरेको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि उनीहरुलाई सामुहिक रुपमा तानिएको स्रोतले जनाएको छ ।

कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण,सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरुका एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो पटक हो ।

पाँच न्यायाधीशलाई काजमा झिकाउन सर्बोच्च अदालतबाट पत्र तयार भएको स्रोतले जनाएको छ । ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?