३ महिने लागुऔषध नियन्त्रण महाअभियान पोखरामा सुरू ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
३ महिने लागुऔषध नियन्त्रण महाअभियान पोखरामा सुरू ।

सारांश

  •  लागुऔषध नियन्त्रण  महाअभियान अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० मा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
  • लागुऔषध नियन्त्रण महाअभियान ३ महिने कार्ययोजना अन्तर्गत मंगलबार पोखरा लेखनाथ महानगरको वडा नम्बर १० मा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
  • लागुपदार्थ दुव्र्यसनी न्युनिकरण महाअभियान कार्यक्रम वडा नम्बर १० को आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजन, जिल्ला समन्वय समिती कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखरा ९ को सहकार्यमा आयोजित उक्त कार्यक्रममा वडा नम्बर १० भित्र रहेका ७ सय ५० वढी घरधुरीमा पुगी लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामुलक पर्चाहरु वितरण गरिएको कार्यक्रम संयोजक सीमा गुरुङले जानकारी दिइन ।

 लागुऔषध नियन्त्रण  महाअभियान अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० मा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

लागुऔषध नियन्त्रण महाअभियान ३ महिने कार्ययोजना अन्तर्गत मंगलबार पोखरा लेखनाथ महानगरको वडा नम्बर १० मा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । लागुपदार्थ दुव्र्यसनी न्युनिकरण महाअभियान कार्यक्रम वडा नम्बर १० को आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजन, जिल्ला समन्वय समिती कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखरा ९ को सहकार्यमा आयोजित उक्त कार्यक्रममा वडा नम्बर १० भित्र रहेका ७ सय ५० वढी घरधुरीमा पुगी लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतनामुलक पर्चाहरु वितरण गरिएको कार्यक्रम संयोजक सीमा गुरुङले जानकारी दिइन । गुरुङका अनुसार वडा नम्बर १० को कार्यालयबाट सुरु भएको सचेतनामुलक कार्यक्रम अमरसिंह चोक, नागिन टोल,कामनाटोल , जनप्रिय टोल, मिलन टोल, सृष्टी टोल हुदै विरेन्द्र चोकमा पुगी समापन भएको थियो ।

सो अवसरमा वडाभित्र रहेका विभिन्न टोल सुधार समितीका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न आमा तथा महिला समुहका प्रतिनिधीहरु, विभिन्न क्लवका प्रतिनिधीहरु,वडा नागरिक मञ्चका अध्यक्षहरु, वडा नम्बर १० का समाजसेवी, बुद्धिजिवी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

लागुऔषध दुव्र्यसनी महाअभियान कार्यक्रम वडा नम्बर १० का संयोजक सीमा गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधी सम्मर बहादुर श्रेष्ठ, गौरीमार्ग टोल बिकास संस्थाका अध्यक्ष सूर्य बहादुर बानिया, युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङ, वडा प्रहरी कार्यालय राम बजारका हवलदार खिमानन्द ढकाल, सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका इन्चार्ज कन्या कुमारी गुरुङ लगायतले लागुऔषध नियन्त्रण र समाधानका लागी समाजमा रहेका सम्पूर्ण ब्याक्तिले आ आफ्नो ठाउबाट पहलकदमी थाल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?